बिहीबार, मंसिर १६ २०७८ ०९:१३ PM

×

बागमतीका नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ

images

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री पाण्डेसँगै भौतिक पूर्वाधारमन्त्रीको रूपमा नेपाली कांग्रेसका कृष्णलाल भँडेलले पनि शपथ लिएका छन् । यस्तै, सामाजिक विकासमन्त्रीको रूपमा नेकपा (माओवादी केन्द्र)की कुमारी मोक्तान र आन्तरिक मामिला तथा कानुनमन्त्रीको रूपमा नेकपा (एकीकृत समाजवादी)का कृष्णप्रसाद शर्मा खनालले पनि शपथ लिए ।

बुधबार मुख्यमन्त्री पदबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको थियो । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस तथा नेकपा (एकीकृत समाजवादी) पार्टीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका हुन् ।

पाण्डेलाई गठबन्धनमा आबद्ध दलहरूका ५९ सांसदको समर्थन छ ।

बिहीबार ११ कात्तिक २०७८ ०५:४७ PM मा प्रकाशित

प्रतिक्रिया