बुधबार, कात्तिक ३ २०७८ १०:२३ AM

×

सहरी सौन्दर्यको लागि पोल भाडा बढाएको कुलमानको दाबी, सहकार्य गर्न तयार

images

काठमाडौं । नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोलभाडा मूल्यवृद्धि ठूलो विषय ठूलो नभएको बताउँदै आफुहरू सहकार्य गरेर जानसक्ने बताएका छन् । 

तराई विकास तथा सञ्चार केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राधिकरण सरकारकै अंग भएको हुनाले जनताले पाइरहेको सेवा नै अबरूद्ध हुने तरिकाले कुनै कदम नउठाउने बताएका छन् ।  

प्राधिकरणले अहिले उठाइरहेको भाडादर धेरै पुरानो सम्झौता भएको भन्दै उनले सहरी सौन्दर्यतालाई ध्यानमा राखेर मूल्यवृद्धि गरेको बताएका हुन् ।

सेवाप्रदायकबीच सहप्रयोग नहुँदा हाम्रो पोल नै धराशायी बनेका छन्  घिसिङले भने, १ कोर होस् वा २४ कोर तारको भार र आकार  एउटै हो । पोललाई पर्ने भार र ओगट्ने भाग एउटै हो । ठूलो कोर क्षमताको तार सहप्रयोग गर्ने हो भने कति पनि मूल्य बढ्दैन ।

हालको पोलभाडा दरका आधारमा प्राधिकरणले २५ देखि ३० करोड रूपैयाँसम्म आम्दानी गरिरहेको र बढाएको मूल्यका आधारमा आम्दानी बढेर ५० करोडसम्म पुग्ने उनले बताए ।

इन्टरनेट सेवाप्रदायकबीच केबल तथा अप्टिकल फाइबरमा सहकार्य नहुँदा आफ्नो पोलमा झुण्डिएका ९५ प्रतिशत तार प्रयोगविहिन र ५ प्रतिशत मात्र प्रयोगमा रहेको उनले बताए । यद्यपि उनले पोलभाडाको अति चर्को मूल्य वृद्धि गर्नु पछाडी कुनै वैज्ञानिक कारणबारे स्पष्ट पारेनन् ।

मङ्गलबार १२ असोज २०७८ ०५:०० PM मा प्रकाशित

प्रतिक्रिया