बुधबार, कात्तिक ३ २०७८ १०:२८ AM

×

२४ घण्टामा थप १,१५८ जनामा कोरोना संक्रमण, १२ को मृत्‍यु

images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ५८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १४ हजार ३ वटा स्वाब नमुनाको परीक्षण गर्दा १ हजार १ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ का १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय १५ पुगेको छ ।

यो अवधिमा देशभर १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन् । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार  ४ सय २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मङ्गलबार १२ असोज २०७८ ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया