बुधबार, कात्तिक ३ २०७८ ०८:४४ AM

×

निम्बसद्वारा नो–किरा बोरा उत्पादन, एफएओ र डब्लूएचओबाट मान्यता प्राप्त

images

काठमाडौं । निम्बसले किरा लाग्नबाट बचाउने प्रविधियुक्त नो–किरा बोराको उत्पादन सुरु गरेको छ । कम्पनीले भेस्टगार्ड को जिरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन सुरु गरेको हो । जिरोफ्लाई प्रविधियुक्त नो–किरा बोरामा अन्न, बीउ र दाललाई सुरक्षित भण्डारण गर्न सकिने निम्बसले जनाएको छ ।

निम्बसले उत्पादन गरेको बोराको हरेक रेसामा किटनाशक भएकाले किरा रहेको ठाउँमा पनि उक्त बोरामा खाद्य वस्तु भण्डारण गर्दा जोखिम नहुने बताइएको छ । नो–किरा बोराले किसान, व्यापारी र मिल सञ्चालकहरुलाई किरारहित भण्डारण गर्ने सुविधा दिने कम्पनीले विश्वास लिएको छ ।

उक्त झोला बनाउन प्रयोग गरिएको कच्चा पदार्थ विश्व खाद्य संगठन (एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट मान्यता प्राप्त रहेको समेत कम्पनीले जनाएको छ ।

साथै उक्त बोरोलाई  कोडेक्स, अमेरिका र युरोपियन युनियनले खाद्य सुरक्षाभित्र वर्गीकृत गरेका छन् । साे बोरा उत्पादन गर्नका लागि १० वर्षको अनुसन्धान गरेको बताइएको छ । सो झोला २५, ३५ र ५० किलोमा
उपलब्ध हुनेछ ।

मङ्गलबार १२ असोज २०७८ ०५:२७ PM मा प्रकाशित

प्रतिक्रिया