बुधबार, कात्तिक ३ २०७८ ०९:५५ AM

×

मेगा बैंकद्वारा झापाका किसानहरूलाई मेगा किसान कार्ड वितरण

images

काठमाडौं । झापाका किसानहरूलाई मेगा बैंक नेपालले मेगा किसान कार्ड वितरण गरेको छ । बैंकले  हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरेको हो ।

हिमशिखर एग्रोसँगको सम्झौतासँगै मेगा बैंकले हिमशिखर एग्रोसँग आबद्ध ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नका लागि साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ ।

साथै, मेगा बैंकले कृषकहरुलाई बैंकको किसान क्रेडिट कार्ड उपलब्ध गराउँदै आएको छ । किसान कार्डमार्फत कृषकहरूले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीउ, मल, किटनाशक औषधीलगायतका सामानहरू नजिकको पसलबाट खरिद गर्न सक्नेछन् ।

मङ्गलबार १२ असोज २०७८ १०:४५ AM मा प्रकाशित

प्रतिक्रिया