काठमाडौं । आइएमएस लिटिल स्माइल्सले दशैंको अवसरमा ग्राहकलाई २५ प्रतिशतसम्म छुट दिने भएको छ । आइएमएसले ‘बिग डिस्काउन्ट्स बिग स्माइल्स’ अफर अन्तर्गत २५ प्रतिशत छुट दिने जनाएको हो ।
दशैंमा आइएमएस लिटिल स्माइल्सले वेस्ड डिल र छुटको अफर ल्याएको छ । साथै प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा पनि छुटको अफर ल्याएको छ ।
आइएमएसले डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता उत्पादनमा २५ प्रतिशतसम्मको छुटको अफर ल्याएको हो । ग्राहकले ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउछन् । त्यस्तै २० जना भाग्यशाली ग्राहकले १ हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वा इनर्जाइजर पावर बैंक पाउने कम्पनीले जनाएको छ ।
स्माइल्सले इनर्जाइजर पावर बैंक र लाइनरफ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डि जे आइ ड्रोन, क्रने ह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा ५ प्रतिशतको छुट पाउनेछन् । साथै फिमी ड्रोनको खरिदमा २ हजार रुपैयाँ बराबरको पावर बैंक निःशुल्क प्राप्त गर्न सक्छन् ।
नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टि ब्राण्ड आउटलेट, आइएमएस लिटिल स्माइल्स दरबारमार्गको दरबार मल र कमलपोखरीको सिटी सेन्टरमा रहेको छ ।
मल्टि ब्राण्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्राण्डहरु डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनर्जाइजर, लाइनरफ्ल्युक्स र अन्य ब्राण्डहरु उपलब्ध छन् ।