×

बिजी मलमा सुरू भयाे 'यामाहा फ्यान्टास्टिक दसैं तिहार, हरेक हप्ता उपहारै उपहार'

images

काठमाडौं। काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं तिहारलक्ष्य उपहार योजना सुरू गरेको छ। मल ‘यामाहा फ्यान्टास्टिक दसैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजना सार्वजनिक गरेकाे हाे।

याेजनाअन्तर्गत ग्राहकले विभिन्न आकर्षक उपहार पाउने मलले जनाएको छ। चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनकाे लागि उपहार योजना सुरू गरिएको मलका निर्देशक राजु गिरीले बताए। उपहार योजनामा सहभागी हुन ग्राहकले बिजी मलमा रहेका कुनै पसल वा बसिल क्याफेमा कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्नुपर्नेछ।

सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा साप्ताहिक तथा बम्पर उपहारको घोषणा प्रदान गरिने गिरीले जानकारी दिए। बम्पर उपहारमा गोलाप्रथाबाट एक जनालाई यामाहाको १२५ सीसीको रेजर स्कुटर प्रदान गरिने मेला संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए।

यस्तै साप्ताहिक उपहारमा डिटिएच होम एप्लायन्सका वासिङ मेसिन, ग्यास एन्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकर लगायतका सामानहरू उपहारको रूपमा पाउन सक्नेछन्।

असोज ६ गतेदेखि सुरू भएको यमाहा फ्यान्टास्टिक दसैं तिहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरूम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेन्ट, सिनेमा हल, बैंकको कार्यालय, एटिएम लाउञ्जलगायत ५ दर्जन बढी पसलहरू सञ्चालनमा छन्।
 

मङ्गलबार ११ असोज २०७९ ०२:२८ PM मा प्रकाशित

प्रतिक्रिया