×

प्राथमिक सेयर निष्कासनको अनुमति माग्दै थप ३ कम्पनीले दिए धितोपत्र बोर्डमा निवेदन

images

काठमाडौं। नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले प्राथकि सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्।

बोर्डमा मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र मेन्चियम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन्। 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा एक अर्ब २३ करोड रूपैयाँ बराबरको एक करोड २३ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ।

त्यस्तै मोदी इनर्जी लिमिटेड कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ करोड २१ लाख ५६ हजार ८ सय रूपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।

त्यसैगरी मेन्चियम हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ करोड २७ लाख रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ।


 

मङ्गलबार ११ असोज २०७९ ०३:१५ PM मा प्रकाशित

प्रतिक्रिया