बुधबार, कात्तिक ३ २०७८ ०८:४३ AM

×
images

पोखराको सौन्दर्यमा हाइकिङको मज्जा लिँदै ११ देशका राजदूतहरु,१० तस्विर हेर्नुस्

काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा पोखरामा ११ देशका राजदूतहरुलाई हाइकिङ गराइएको छ । पोखरा खुला छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न र पोखराको पर्यटन चलायमान गराउने उद्देश्यका साथ बिशिस्ट पाहुनाको पोखरा आगमन गराइएको हो । 

राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा २४ कास्की स्थित देउरालीको अपाङ्गमैत्री पदमार्गको हाइकिङ गरिएको हो ।  नेपाल पर्यटन बोर्ड गण्डकी, पोखरा पर्यटन परिषद र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलको समन्वयमा उनिहरुलाई हाइकिङ गराइएको हो ।

उनिहरुलाई स्थानीय जनप्रतिनिधि, महिला समुह , पर्यटन ब्यवसायीले स्वागत गरेका थिए । पोखराको विभिन्न पर्यटकीय गन्तव्य घुमाउने कार्यक्रम रहेको छ । आज साझँ रेवान पोखराले आयोजना गरेको मिनि सडक महोत्सवमा पनि उहाँहरुको सहाभागी हुनुहुने कार्यक्रम रहेको छ ।

शब्द तस्बिर : जमुना वर्षा शर्मा

सोमबार ११ असोज २०७८ ०१:४५ PM मा प्रकाशित

प्रतिक्रिया