×

बाहिरी चक्रपथको ‘अलाइनमेन्ट’ परिवर्तन हुने

images

काठमाडौं। राजधानीमा प्रस्ताव गरिएको बहिरी चक्रपथ बनाउन तयार भएको ‘अलाइनमेन्ट’ परिवर्तन हुने भएको छ।  बहिरी चक्रपथ निर्माणका लागि १७ वर्ष पहिला विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको थियो। 

images

बाहिरी चक्रपथको सबै बजेट फ्रिज, प्राधिकरण भन्छ ‘डीपीआर परिवर्तन गर्नुपर्छ’

चक्रपथ निर्माण शीर्षकमा आएको ३० लाख रुपैयाँ खर्च नभई पूर्ण रुपले फिर्ता भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता नारायणप्रसाद भण्डारी बताउँछन् । उनका अनुसार बाहिरी चक्रपथको निर्माण कार्य अनिश्चित हुँदा निर्माण क्षेत्रको रकम खर्च हुन नसकेको हो । 

तर, डिपिआरले रेखांकन गरेका अधिकांश स्थानमा सरकारी तथा व्यक्तिगत संरचना निर्माण भएकाले फेरि अध्ययन गर्नुपरेको उपत्यका विकास प्राधिकरणअन्तर्गतका बाहिरी चक्रपथ आयोजना प्रमुख जगदीश लामिछाने बताउँछन्। यद्यपि, चक्रपथका सम्पूर्ण डिपिआर नै परिवर्तन भने नहुने उनले प्रष्ट पारेका छन्। 

images

बाहिरी चक्रपथः अधिकांश बजेट तलब भत्तामै सकियो, विकासका लागि विनियोजित रकम फिर्ता 

निर्माणतर्फको रकम कम भएकाले काम गर्न नसकिने भन्दै प्राधिकरणले ३० लाख रुपैयाँ फिर्ता पठाएको हो ।

‘अलाइनमेन्टका केही भाग परिवर्तन हुन्छ तर सबै डिपिआर परिवर्तन हुँदैन,’ आयोजना प्रमुख लामिछानेले क्यापिटल नेपालसँग भने, ‘नयाँ हुने अध्ययनले अहिलेको ७२ किलोमिटर लम्बाइमा घटबढ हुनसक्छ।’

images

बाहिरी चक्रपथ बनाउने चिनियाँ कम्पनी बंगलादेश सरकारको कालोसूचीमा

ढाका–सिल्हट सडक विस्तार परियोजनामा अनुमान गरिएको भन्दा बढी रकमको लागत प्रस्ताव गरेको र बंगलादेशका अधिकारीलाई घुस दिइएको भन्दै त्यहाँको सरकारले कम्पनीलाई कालोसूचीमा राखेको हो ।

डिपिआरअनुसार बाहिरी चक्रपथको कूल लम्बाइ ७२ किलोमिटर हुने अनुमान छ। तर, डिपिआर धेरै पुरानो भएकाले त्यसलाई कार्यान्वयन गर्न आयोजनाले सकेको छैन। डिपिआरले तय गरेको रेखांकनमा अहिले धेरै संरचना बनिसकेका छन्। त्यसको एक उदाहरण चोभार सुक्खा बन्दरगाह पनि हो। 

images

दुई दशकदेखि अन्योलताकै भूमरीमा बाहिरी चक्रपथः न स्रोत सुनिश्चितता, न मोडालिटी तय

चक्रपथ निर्माणका लागि ठूलो स्रोत जुटाउनुपर्ने हुन्छ, जुन राज्यले लगानी गर्न सक्ने अवस्था छैन् । अर्कोतिर यतिका लामो समयसम्म कुन मोडोलिटीमा चक्रपथ अघि बढाउने भन्ने अन्यौलता विद्यमान छ ।\nचक्रपथ निर्माणका लागि विदेशी दातृ राष्ट्रका लगानीकर्तालाइ पटक पटक नगुहारिएको पनि होइन् । लगानी बोर्डले विश्वका लगानीकर्तालाइ लगानी सम्मेलनमार्फत शो–केस गरेपनि विदेशीको पनि त्यति रुची देखिएन् ।

उक्त बन्दरगाह बाहिरी चक्रपथको रेखांकन भएकै स्थानमा निर्माण भएको छ। जुन गत चैतबाट सञ्चालनमा आइसकेको छ। बन्दरगाहसँगै अन्य धेरै संरचना चक्रपथ आयोजनाको क्षेत्रमा निर्माण भएकाले बाहिरी चक्रपथ बनाउँदा क्षति धेरै हुने आयोजनाले जनाएको छ। 

images

चिनियाँ कम्पनीले काठमाडौंको बाहिरी चक्रपथ बनाउने, आगामी वर्षदेखि निर्माण थाल्ने योजना

काठमाडौं । आगामी बर्षदेखि बाहिरी चक्रपथ निर्माण अघि बढाइने भएको छ । चक्रपथ निर्माणका लागि आवश्यक पूँजी नजुट्दा अलपत्र परेको बाहिरी चक्रपथ आगामी आर्

आयोजना स्थलमा क्षति कम गर्न चालु आर्थिक वर्षमा वैकल्पिक अध्ययन गर्ने योजना रहेको आयोजना प्रमुख लामिछाने बताउँछन्। जहाँ केही खालि स्थान र भवनलगायत अन्य संरचना कम हुन्छ, त्यहीँबाट नयाँ अलाइनमेन्ट बनाउने आयोजनाले जनाएको छ। 

images

बाहिरी चक्रपथको निर्माण अघि बढाउँदै छौ : सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईसंगको वार्ता

नेपालको सन्दर्भमा स्मार्ट सिटी कस्तो हुने भन्ने अझै अवधारणा बनिसकेको छैन । यसअघि स्मार्ट सिटी हचुवाका भरमा घोषणा भए । स्मार्ट सिटी कस्तो हुन्छ भनेर त्यसको घटक (कम्पोनेन्ट) र आधारभूत आवश्यकता हेर्ने हो । युरोप र अमेरिकालाई हेर्दा स्मार्ट सिटीका लागि स्मार्ट पोलिसी, स्मार्ट गभर्नेन्स तथा स्मार्ट एजुकेसन आवश्यक छ भन्ने देखाउँछ । जुन नेपालका लागि तत्कालै सम्भव छैन र स्रोत साधनले पनि भ्याउने स्थिति देखिँदैन ।

चालु आर्थिक वर्ष सुरु गरेर यही वर्ष अत्यसम्म अलाइनमेन्टको वैकल्पिक अध्ययनको काम सक्ने  आयोजनाले जनाएको छ। कूल ७२ किलोमिटर लम्बाइमध्ये चोभार–सतुङ्गल ६.६ किमी खण्डमा मात्रै १७ वर्षयता १ सय २० घर निर्माण भएको आयोजनाले जनाएको छ। 

images

मन्त्रीकाे बेवास्तामा बाहिरी चक्रपथ

२०५५ सालमा परिकल्पना गरी अघि बढेको आयोजनाको डीपीआर निर्माणमा केही बजेट खर्चिएको छ । तर, डीपीआरले पूर्णता पाउन सकेको छैन । आयोजनाको मुख्य समस्या मुआब्जा र अनधिकृत सहरी भवन हटाउनुपर्ने नै हो । तर स्थानीयको अवरोध र मुआब्जा मुख्य समस्याका कारण आयोजना प्रभावित बनेको छ । 

अन्य स्थानमा उक्त खण्डभन्दा बढी संरचना निर्माण भएको बताइएको छ। कस्ता–कस्ता घर, कतिवटा निर्माण भएका छन्, यकिन गर्ने र तिनीहरूको क्षति कम गरी बाहिरी चक्रपथ बनाउने योजना रहेको आयोजनाको भनाइ छ। 

‘बाहिरी चक्रपथ अपरिहार्य छ तर, सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छैन,’ लामिछानेले भने, ‘थोरै बजेट आउँछ, त्यसैले काम हुन पाउँदैन र डिपिआर बनाएको ठाउँमा अन्य संरचना निर्माण भएका हुन्।’ 

डिपिआर तयार गर्दा चार मिटरको बाटो बनाउन पाउने व्यवस्था थियो। तर, अहिले ६ मिटरभन्दा कमको बाटो बनाउन नपाउने व्यवस्था छ। जसका कारण बाहिरी चक्रपथका लागि पुरानो डिपिआर परिमार्जन गर्नुपर्ने आवश्यकता छ। 

वैकल्पिक अध्ययन गर्न ५० लाख बजेट

आर्थिक वर्ष २०७९/८० मा बाहिरी चक्रपथका लागि १ करोड ८० लाख ६६ हजार रुपैयाँ बजेट प्राप्त भएको छ। जसमध्ये ५० लाख रुपैयाँ वैकल्पिक अलाइनमेन्ट अध्ययन शीर्षकमा खर्च हुनेछ। 

५० लाखले अलाइनमेन्टको वैकल्पिक अध्ययनका लागि लगभग पुग्ने आयोजनाले जनाएको छ। आयोजना प्रमुख लामिछानेका अनुसार यसअघि डिपिआर तयार गर्दा धेरै अध्ययन भएकाले वैकल्पिक अध्ययन गर्न बजेट धेरै आवश्यक नपर्ने भएको हो। 

मङ्गलबार ११ असोज २०७९ ०७:०५ AM मा प्रकाशित

प्रतिक्रिया