मङ्गलबार, असोज १२ २०७८ ०४:२८ PM

×

१५ वटा डीसी र १०० एसी फास्ट चार्जिङ निर्माण गर्दै सिप्रदी, सम्पन्न भए ८ डीसी फास्ट

images

काठमाडौं । टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले देशभर ८ वटा डीसी फास्ट चार्जिङ स्टेशनको निर्माण सम्पन्न गरेको छ । कम्पनीले बाँकी ७ वटा डीसी फास्ट चार्जिङ निर्माणको तयारी थालेको छ ।

कम्पनीले देशभरको रणनीतिक सडकमा १०० देखि १५० किलोमिटर दूरीको फरकमा १५ ओटा डीसी फास्ट चार्जिङ निर्माण गर्न लागेको हो । 

यस बाहेक देशभर रहेका आफ्ना विभिन्न सर्भिस सेन्टर, सोरुम त्यस बाहेक होटल, सपिङ मल, रेस्टुरेन्ट आदी क्षेत्रहरुमा पनि कम्पनीले १०० ओटा एसी फास्ट चार्जिङ इन्सटलेसनको तयारी गरिरहेको कम्पनीका बजार व्यवस्थापक रुपम श्रेष्ठले बताएका छन् । 

सिप्रदीले आज नेपालमा आफ्नो टाटा नेक्जन ईभी सार्वजनिक गरेको छ । नेक्जन सिप्रदीले नेपालमा भित्राएको पहिलो ईभी हो । यसअघि सिप्रदीले कुनै पनि विद्युतीय सवारी भित्राएको थिएन ।  सरकारले तोकेको मूल्यअनुसार चार्जिङ शूल्क लिने बताएको छ । 

मङ्गलबार १२ साउन २०७८ ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया