मङ्गलबार, असोज १२ २०७८ ०५:०० PM

×

नेपाली सेनाको कामु प्रधानसेनापतिमा प्रभुराम शर्मा 

images

काठमाडौं । सरकारले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । थापाले साउन २४ गतेदेखि विदामा बस्ने भएपछि सरकारले शर्मालाई कामु प्रधानसेनापति बनाएको हो ।

 
 

मङ्गलबार १२ साउन २०७८ ०६:२० PM मा प्रकाशित

प्रतिक्रिया