काठमाडौं । केन्द्रीय बैंकले सेयर धितो कर्जामा लगाएको सीमालाई परिवर्तन गर्ने हल्ला गरिए पनि केन्द्रीय बैंकले त्यसलाई यथावत राखेको छ । अर्थमन्त्री जनार्दन शर्मासँगकाे छलफलपछि केन्द्रीय बैंकले यसलाई मौद्रिक नीतिको समीक्षामा कुनै हेरफेर नगरिएको बताएको छ ।
अर्थमन्त्री शर्मा पनि ४ र १२ करोडको सीमालाई हेरफेर गराउने पक्षमा थिएनन् । त्यसैगरी अर्थसचिव मधुकुमार मरासिनी पनि नचलाउने पक्षमा थिए । गभर्नर महाप्रसाद अधिकारी पनि यसलाई कायम राख्नुपर्नेमा थिए ।
अर्थमन्त्री, अर्थसचिव र गभर्नर मिलेर लगानीकर्तामाथि गम्भीर अन्याय गरेको लगानीकर्ताको भनाइ छ । लगानीकर्ताले एउटा बैंकबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ मात्रै सेयर धितो कर्जा लिन पाउने व्यवस्था खारेज गर्नुपर्ने बताउँदै आएका थिए । तर, केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले यसलाई अहिले चलाउनुपर्ने अवस्था नरहेकाले यथावत राखिएको जानकारी दिए ।
प्रतिक्रिया