सोमबार, जेठ ३१ २०७८ ११:०१ AM

×
images

कोरोना महामारीले बुद्धजयन्तीका दिनमा पनि सुनसान स्वयम्भू र बौद्धनाथ 

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्ध जयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्छन् ।

यो वर्ष कोरोना महामारीको दोस्रो छालले गर्दा राजधानीको स्वयम्भू र बौद्धनाथ सुनसान  छन् । यही बेलामा स्वयम्भू र बौद्धनाथको रंगरोगनको काम भइरहेको छ ।

 

बुधबार १२ जेठ २०७८ ०२:५९ PM मा प्रकाशित

प्रतिक्रिया