बिहीबार, मंसिर १६ २०७८ ०९:२५ PM

×

विद्यार्थी संगठनद्वारा एक रुपैयाँ संकलन अभियानबाट आएको रकम आयल निगमलाई हस्तान्तरण

images

काठमाडौं । नेपाल आयल निगमलाई संयुक्त विद्यार्थी संगठनले १ रुपैयाँ अभियान सञ्चालन गरी सङ्कलन गरिएको रकम हस्तान्तरण गरेका छन् ।

 निगमको केन्द्रीय कार्यालय टेकुमा पुगरेर विद्यार्थी संगठनहरूले विरोध स्वरूप बिहीबार रकम हस्तान्तरण गरेका हुन् । विद्यार्थी संगठनहरूले निगम परिसरमा नारा जुलस गर्दै ‘ भ्रष्ट कर्मचारीहरू राजीनामा दे, आयल निगमका भ्रष्टाचारीहरू होसियार,  पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर’ लगायतका नारा लगाएका थिए ।

आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यविद्धि फिर्ता नलिए संयुक्त विद्यार्थी संगठनका नेताहरूले कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्  ।

बिहीबार ९ मंसिर २०७८ ०४:३६ PM मा प्रकाशित

प्रतिक्रिया