बिहीबार, मंसिर १६ २०७८ १०:१० PM

×

सुनको मूल्य एक सातामा २८ सय गिरावट, ९१ हजार ७ सय रुपैयाँ कायम

images

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । तर, सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य बिहीबार ९१ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य बढेर प्रतितोला १२ सय ३० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । बुधबार चाँदी मूल्य १२ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

अघिल्लो बिहीबार ९४ हजार ५ सय रुपैयाँ भएको सुन एक हप्तामा २ हजार ८ सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँ निर्धारण भएको हो । त्यस्तै चाँदीको मूल्य एक हप्तामा ५० रुपैयाँले घटेको छ । अघिल्लो बिहिबार १२ सय ८० रुपैयाँ रहेको चाँदी आज १२ सय ३० रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार ९ मंसिर २०७८ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया