×

युनाइटेड सिईओ पौडेलले किन दिइन् १७ महिनामै राजिनामा ?

images

काठमाडौं। युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) उपासना पौडेलले राजिनामा दिएकी छन्। पौडेलले आफ्नो आन्तरिक कारण देखाउँदै इन्स्योरेन्सबाट राजिनामा दिएकी हुन्।

पौडेल २०७८ मा चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन्। तर उनले १७ महिना मात्रै काम गरेर बाहिरिएकी छिन्।

उनी बिमा क्षेत्रकाे पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन् । ३५ वर्षकी उपासना एक मात्रै महिला प्रमुख कार्यकारी अधिकृत मात्र नभएर कान्छी प्रमुख कार्यकारी अधिकृत पनि हुन्।

सानिमा जनरल इन्स्योरेन्सकका सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल युनाइटेडको सिईओ हुनुभन्दा पहिला यूनाइटेडमै डेढ वर्षदेखि कार्यरत थिइन्।

आइतबार​ ९ असोज २०७९ ०३:३० PM मा प्रकाशित

प्रतिक्रिया