×

स्ट्याण्डर्ड चार्टर्ड बैंकले २.४ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर १०.३० प्रतिशत

images

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले २.४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। वार्षिक १०.३० प्रतिशत ब्याज दिने गरि ऋणपत्र जारीका लागि बैंकले सम्बन्धित नियामक निकायबाट स्वीकृती प्राप्त गरिसकेको छ।

ऋणपत्रको प्रति इकाई मूल्य १ हजार रुपैयाँ रहनेछ भने अवधि ५ वर्ष हुने बैंकले जनाएको छ। ऋणपत्र निष्कासनको जिम्मेबारी एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्ने भएको छ। ऋणपत्रमा व्यक्ति र निजी संस्थाहरु दरखास्त दिन सक्नेछन्।

निष्कासन हुने कूल रकम मध्ये १.४४ अर्ब रुपैयाँ निजी तवरमा र ९६ करोड रुपैयाँको सर्वसाधारणलगायत म्युच्युअल फन्डलाई जारी गरेर बाँडफाँड गरिने भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा सञ्चालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो।

साथै नेपालमा आइसिआरए नेपालद्वारा आइसिआरएनपी-आइआर-एएए श्रेणीका साथ समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा मान्यता दिइएको छ। हालैमात्र यो बैंकले न्यू बिज सम्मेलनमा बेस्ट म्यानेज्ड कमर्सियल बैंक नेपाल–२०२२ को पुरस्कार प्राप्त गरेको छ।

बुधबार ११ माघ २०७९ ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया