×

आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने

images

काठमाडाैं। आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयमाथि छानबिन गर्ने निर्णय गरेकाे हाे। 

उनले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका थिए। प्रहरीले आगो निभाएर उनलाई कीर्तिपुर अस्पताल पठाएको थियो। उपचारका क्रममा बुधबार बिहान उनकाे मृत्यु भएको हो। 

आफूमाथि आगो लगाउनुअघि उनले सामाजिक सञ्जालमार्फत् आत्मदाह गर्नुको कारणसमेत खुलाएका थिए। यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएकाे छ। 

बुधबार ११ माघ २०७९ ०६:५४ PM मा प्रकाशित

प्रतिक्रिया