×

सोलार प्लान्टको बिजुली जोड्न प्रसारण लाइन बनाउँदै गोल्यान ग्रुप

images

काठमाडौं। बाँके रैनापुरमा सौर्य प्लान्टबाट बिजुली उत्पादन गर्न लागेको गोल्यान ग्रुपले प्रसारण लाइन बनाउन सुरु गरेको छ । ग्रुपले सोलार प्रविधिबाट उत्पादन हुने २० मेगावाट बिजुली नेपाल विद्युत प्राधिकरणको कोहलपुरस्थित सबस्टेशनमा जोड्न १५ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन बनाउन लागेको हो ।

images

सोलारबाट बिजुली निकाल्न सवा २ अर्ब लगानी गर्दैै गोल्यान ग्रुप 

गोल्यान ग्रुपले बाँके रैनापुरमा २० मेगावाट क्षमतायुक्त सोलार प्रविधिबाट ऊर्जा उत्पादन गर्न लागेको हो। १०/१० मेगावाट गरी दुई चरणमा निर्माण हुन लागेको सोलार प्लान्टमा ग्रुपले २ अर्ब २४ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ। 

विद्युत विकास विभागले आयोजनाको विकासकर्ता पियोर इनर्जी लिमिटेडलाई प्रसारण लाइन बनाउनका लागि अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया अघि बढाएको छ । प्रसारण लाइनको काम आउँदो जेठ १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य पियोर इनर्जीको छ । 

उत्पादन तथा प्रशोधन, सेवा र घरजग्गा व्यवसायमा संलग्न गोल्यान ग्रुपले पछिल्लो समय ऊर्जामा लगानी विस्तार गरेको छ । ग्रुपले भारतको रिनेर्गो डेभलपर्स प्रालिसँग साझेदारी गरी बाँकेमा २० मेगावाट क्षमताको सोलार प्लान्ट स्थापना तयारी थालेको हो । ग्रुपले १०/१० मेगावाट गरी दुई चरणमा निर्माण हुन लागेको सोलार प्लान्टमा २ अर्ब २४ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ। 

सोलारबाट बिजुली उत्पादन गर्न प्रतिमेगावाट लागत ११ करोड २४ लाख ३० हजार रुपैयाँ पर्ने देखिएको छ ।कम्पनीले ६७ प्रतिशत ऋण र बाँकी ३३ प्रतिशत संस्थापकहरूको स्वपुँजी लगानी रहने छ।

हालसम्म ५० प्रतिशत भौतिक र २६ प्रतिशत वित्तीय प्रगति भएको कम्पनीले जनाएको छ। दुवै ब्लकबाट सन् २०२३ मे २५ भित्र बिजुली उत्पादन थाल्ने योजना कम्पनीको छ। एउटा ब्लकबाट चाँडै ऊर्जा उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

पहिलो ब्लकको काम प्रारम्भिक चरणमा छ। आयोजनाको काम निर्धारित समयमा पूरा गर्न नसके पियोर इनर्जीले नेपाल विद्युत प्राधिकरणलाई जरिवाना तिर्नुपर्ने छ। 

प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा २५ वर्षका लागि विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ। आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत प्राधिकरणको कोहलपुरस्थित सबस्टेसनमा जोडिने छ।

कम्पनीले १० वर्ष पूरै र अर्को पाँच वर्ष थप ५० प्रतिशत कर छुट पाउने छ। सरकारले २०२४ सम्म सम्पन्न हुने आयोजनालाई कर सुविधा दिएको छ। 

कम्पनीले १ अर्ब ५२ करोड ८० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। पियोर इनर्जी २०१८ मा स्थापना भएको थियोे। गोल्यान ग्रुपले २ सय १७ मेगावाटको जलविद्युत आयोजनामा पनि लगानी गरेको छ।
 

बिहीबार ८ मंसिर २०७९ ०८:४१ PM मा प्रकाशित

प्रतिक्रिया