×

घट्यो सुनचाँदीकाे मूल्य

images

काठमाडाैं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० पुगेकाे छ ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० छ ।

अघिल्लो दिन यसकाे मूल्य प्रतितोला ९७ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर १ हजार २४० तोकिएको महासंघले जनाएको छ ।

शुक्रबार​ १० असार २०७९ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया