×

सेञ्चुरी बैंकको नयाँ शाखा असनमा 

images

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बिहीबारदेखि काठमाडौं महानगरपालिका-२५ स्थित असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  

बैंकका सञ्चालक समिति सदस्य प्राडा गीता प्रधान र वडा नं.२५ का अध्यक्ष राजेश डंगोलले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

साे कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयलगायतको उपस्थिति थियो । 

असन शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र शाखा संख्या २८ पुगेको बैंकले जनाएको छ ।

शुक्रबार​ १० असार २०७९ ११:४० AM मा प्रकाशित

प्रतिक्रिया