काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्ने जनाएको छ ।
बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्ने भएसँगै पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् ।
कोइराला असार १ गतेदेखि बोर्डमार्फत लगानीकर्ताको १९ बुँदे माग राख्दै आमरण अनसन बसेका थिए । अनसन सुरू भएको दसौँ दिनमा शुक्रबार उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
बोर्डले लगानीकर्ताहरूको मागहरू सम्बोधन गर्ने भएसँगै अनसन तोडिएको कोइरालाले बताए ।
बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्न कार्यान्वयन समितिसमेत गठन गरेको छ ।
केही दिनअघि मात्र बोर्ड अध्यक्ष हमालले पत्रकार सम्मेलनमार्फत लगानीकर्ताको अधिकांश माग कार्यान्वयनको चरणमा रहेको बताएका थिए ।
कोइरालाले अनसन तोडेको केही समयमै नेपाल स्टक एक्स्चेन्ज ‘नेप्से’ ६० अंकले उचालिएको छ ।
अनसन तोड्नुअघि १८०९ अंकमा रहेको नेप्से एक घण्टाको अवधिमा उचालिएर १८६६ बिन्दुमा पुगेको हाे ।
प्रतिक्रिया