×

शुक्रबारे सेयर बजारः ४५ मिनेटमै न्यून बिन्दुबाट ७० अंक उक्लियो नेप्से 

images

काठमाडौं । न्यून बिन्दु पछ्याइरहेको नेपाल स्टक एक्सचेन्जले एकाएक धमाल देखाएको छ । पछिल्लो ४५ मिनेटमै बजार न्यून बिन्दुबाट ७० अंक माथि उक्लिएको छ ।

कारोबार सुरु हुँदा १८४८ अंकमा रहेको सूचक ११ बजेट ३८ मिनेटमा १८०८ सम्म झरेको थियो  । तर, त्यसपछि एकाएक उकालो लागेको बजार रोकिने संकेत देखिएको छैन । 

१२ बजेट मिनेट जाँदा बिहीबारको तुलनामा ३० अंकले बढेर र न्यून बिन्दुबाट ७० अंक बढेर १८७८.३८ बिन्दुमा उक्लिएको छ । 

बजारको प्रवृत्ति र माहोललाई हेर्दा बजारले गति वृद्धि र गिरावटको खेल खेल्न सक्ने सम्भावना छ । जुन रफ्तारमा बजार बढेको छ । त्यसको प्रवृत्तिले बजार घट्नलाई कुनै बाहना आवश्यक नपर्न सक्छ । 
 

शुक्रबार​ १० असार २०७९ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया