काठमाडौं। साझा यातायातले आफ्नो मोबाइल एप ‘साझा प्लस’ सञ्चालनमा ल्यएको छ। सरकारी स्वामित्वमा रहेको साझाले ल्याएको एपबाट यात्रुले साझाका बसको रुट हेर्न र लाइभ ट्र्याक गर्न सक्ने बताइएको छ।
साझाले ट्विटमार्फत एप सञ्चालनमा आएको जानकारी गराउँदै यसकाे मोबाइल एपले बसमाजडित जिपिएस प्रविधिमार्फत सूचना प्रदान गर्ने जनाएको छ।
यात्रुले ‘साझा प्लस’ एप एन्ड्रोइड र आइओएस दुबैबाट चलाउन सक्ने र गाडी कहाँ आइपुग्यो भनेर हेर्न सक्ने सुविधा छ। साथै गाडी भाडाबारे पनि यसै एपबाट जानकारी पाउने उल्लेख छ।
प्रतिक्रिया