×

भृकुटीमण्डपमा सुरु भयो दसैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला

images

काठमाडौं । दसैंका लागि किनमेल गर्न सक्ने गरी राजधानीको भृकुटीमण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आजदेखि सुरु भएको छ । दसैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला सञ्चालन गरेको हो । 

भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा एकै छानामुनि दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए । ‘एकै छानामुनि सुपथ मूल्यमा आम उपभोक्तालाई दसैंको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो,’ प्रधानले भने । 

मेलामा दसैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए । ‘मेलामा कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यक्ता अनुसारका सामानहरु राखिनेछ । बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिन्छ,’ प्रधानले भने ।

नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत् मेलालाई डिस होम फाइबर नेटले प्रवर्द्धन गरेको छ । दैनिक उपभोग्य वस्तु तथा घरायसी प्रयोगका वस्तुहरुको १ सय प्रदर्शनी कक्ष रहेको एक्स्पोमा धेरै किसिमका वस्तु पाइन्छ । 

प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजी पेमार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दसैं विशेष छुट पाउने छन् । बर्सेनि आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दसैंको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताए । 

असोज ७ गते सुरु हुने मेला १० गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।
 

शुक्रबार​ ७ असोज २०७९ ०५:२५ PM मा प्रकाशित

प्रतिक्रिया