बुधबार, कात्तिक ३ २०७८ १०:२२ AM

×

सेयरधितो कर्जा चुक्ता नभएसम्म संस्थापक सेयरधनीले लाभांश नपाउने 

images

काठमाडौं । बैंकमा २ प्रतिशत भन्दा बढी सेयर धारण गर्ने संस्थापकले सेयरधितोबन्धक राखी लिएको ऋण चुक्ता नगरेसम्म लाभांश नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार लाभांश वितरणसम्बन्धि निर्देशिका जारी गरी कर्जा चुक्ता नभएसम्म लाभांश नपाउने व्यवस्था गरेको हो ।

 बैंक तथा वित्तीय संस्थाहरुले कारोबार सञ्चालन गरेको मितिले पाँच वर्ष पुगेपछि र सर्वसाधारणमा सेयर जारी गरेपछि चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने संस्थापकले आफ्नो नाममा रहेको सेयर धितोबन्धक राखी कर्जा लिँदा केन्द्रीय बैंकको स्वीकृति नलिएको अवस्थामा त्यस्तो सेयरधनीहरुलाई कर्जा चुक्ता नभएसम्म बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने नगद लाभांश वा बोनस सेयर रोक्का राख्ने कार्यविधिमा उल्लेख छ ।ठूला संस्थापक सेयरधनीले बैंकबाट लाभांश पाउने सेयरकर्जा चुक्ता गर्नुपर्ने भएको छ । 

बिहीबार ७ असोज २०७८ ०८:५७ PM मा प्रकाशित

प्रतिक्रिया