×

सुनकोसी–मरिण डाइभर्सन सुरुङ खन्न टिबिएम मेसिन जडान अन्तिम चरणमा 

images

काठमाडौं। राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन सुरुङ खन्न ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) उपकरण जडान अन्तिम चरणमा पुगेको छ। 

images

सुनकाेसी–मरिण डाइभर्सन निर्माणका लागि २ अर्ब ७० करोड बजेट

काठमाडौं । आर्थि वर्ष २०७९/०८० को लागि सरकारले सुनकोसी–मरिण डाइभर्सन आयोजनालाई २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।...

टिबिएम मेसिनका सबै पुर्जा दुई महिनाअघि मरिण आइपुगेको हो। हाल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको डाइभर्सन आयोजना प्रमुख मित्र बरालले बताए। तर, मेसिनको अगाडिको ‘कटर हेड’ नेपाल नआएकाले केही दिनपछि मात्रै सुरुङ खन्ने काम सुरु हुने बराल बताउँछन्।

images

सुनकोसी–मरिण डाइभर्सन: सुरुङ खन्ने मिति सरेको सर्यै, भौतिक प्रगति ७.६ प्रतिशत मात्रै

पहिलोपटक असारमा र दोस्रोपटक साउनबाट टनेल बोरिङ मेसिन (टीबीएम) ले सुरुङ खन्ने आयोजनाले जनाएको थियो ।  तर, टीबीएम मेसिनका लागि आवश्यक सामग्री विदेशबाट ल्याउन र जडान गर्न समय लागेको भन्दै सुरुङ खन्ने मिति तेस्रोपटक असोजमा तय भएको हो । 

अमेरिकी कम्पनीको उक्त मेसिन चीनमा निर्माण भएर भारत कोलकाता हुँदै नेपाल आउने भएकाले लामो समय लागेको आयोजनाले जनाएको छ। 

images

सुनकोसी–मरिण डाइभर्सनः टीबीएम मेसिन राख्न संरचना तयार, साउनदेखि सुरुङ खन्ने 

मरिण डाइभर्सनको शिलान्यास २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । शिलान्याससँगै सुरु भएको आयोजनाको निर्माणकार्य २०७९ वैशाख मसान्तसम्म ६.५ प्रतिशत भौतिक प्रगति भएको छ ।

‘अरू जडानको काम सकिएको छ, कटर हेड नहुँदा काम रोकिएको हो,’ आयोजना प्रमुख बरालले क्यापिटल नेपालसँग भने, ‘चीनबाट कोलकाता हुँदै नेपाल आइपुग्दा दसैंअघि वा दसैंलगत्तै सुरुङ खन्न सुरु हुन्छ होला।’

images

सुनकोसी–मरिण डाइभर्सनः टीबीएम मेसिनले असारदेखि सुरुङ खन्ने, लागत १० अर्ब

चाइना ओभरसिरिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले सुरुङ खन्ने जिम्मेवारी लिएको छ ।आयोजनाको बाँध, सुरुङ र विद्युतगृह संरचना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कटर हेड आयोजना स्थल पुगेपछि भने जडान गर्न तीन दिन लाग्ने छ। त्यसपछि आयोजनामा टिबिएम मेसिन प्रयोग गरी सुरुङ खन्न सुरु हुनेछ। आयोजनाले असोज १२ बाट टिबिएमले सुरुङ खन्न सुरु गर्न सकिने अनुमान गरेको छ। 

images

सुनकोसी–मरिण डाइभर्सनः ठेकेदारले माग्यो सुरक्षा, ४० करोड मुआब्जा वितरण 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्य (नदी पथान्तरण) आयोजनाका ल...

यद्यपि, बाँकी रहेको मेसिनको भाग वीरगन्ज भन्सार कार्यालयबाट आइपुग्न ढिलाइ भए दसैंलगत्तै मेसिन सञ्चालनमा आउने छ। सुनकोसी मरिण डाइभर्सनमा १३ किलोमिटर लामो सुरुङमार्ग निर्माण हुने आयोजनाले जनाएको छ। 

images

मजदुरले विभिन्न माग राखी अवरोध गरेपछि सुनकोसी मरिण डाइभर्सनको काम बन्द

सिन्धुली । मजदुरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोसी मरिण डाइभर्सनको

आयोजनाले चाइना ओभरसिज एन्ड इन्जिनियरिङ  कम्पनी (कोभेक) सँग १३ किलोमिटर लामो सुरुङ खन्न १० अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। बाँध, सिँचाइ र विद्युत उत्पादन संरचनासमेत गरी आयोजनाको कूल लागत ४६ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान छ। 

images

सुनकोसी–मरिण डाइभर्सनमा पर्ने रूख काट्न अनुमति, अर्थद्वारा २० अर्बको स्रोत सुनिश्चितता 

सुनकोसी मरिण डाइभर्सन आयोजनाले माग गरेको २० अर्ब रुपैयाँ स्रोत सुनिश्चितता अर्थ मन्त्रालयले दिने भएको छ । आयोजनाको बाँध, सुरुङ, विद्युतगृह र सिँचाइका अन्य भौतिक संरचना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये सुरुङ खन्न अर्थ मन्त्रालयले १६ अर्ब रुपैयाँ स्रोतको यसअघि नै सुनिश्चित गरिसकेको थियो ।

जसमध्ये सुरुङ निर्माणमा मात्रै १० अर्ब रुपैयाँ लाग्ने छ। हाल ५० मिटर सुरुङ भने मानिसले नै खनिसकेका छन्। मेसिन राख्न सुरुमा करिब ५० मिटर सुरुङको भाग मानिसले खनेको आयोजनाले जनाएको छ। 

images

सुनकोसी मरिण डाइभर्सनः बाँध र विद्युतगृहको स्रोत सुनिश्चितमा ढिलाइ, सकिएला ४ वर्षमा ?

परियोजनाको बाँध, सुरुङ, विद्युतगृह र सिँचाइका अन्य भौतिक संरचना बनाउन ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । सुरुङ खन्न अर्थ मन्त्रालयले १६ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरे पनि बाँकी २४ अर्ब रुपैयाँ हुन बाँकी छ ।

२०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना शिलान्यास गरेका थिए। हालसम्म आयोजनाको भौतिक प्रगति ७.६ प्रतिशतमात्र भएको छ।

सुरुङ खन्ने म्याद आयोजना शिलान्यास गर्दा चार वर्ष भनिएको थियो। त्यसमध्ये डेढ वर्ष आवश्यक तयारी र मेसिन जडान गर्दा नै सकिएको छ। अब साढे दुई वर्षमा १३ किलोमिटर लामो सुरुङ खन्नुपर्ने चुनौती आयोजनासँग छ। 

टिबिएम मेसिन प्रयोग गर्ने भएकाले समयमै सुरुङ खन्न सकिने आयोजनाले जनाएको छ। समग्र आयोजनाको म्याद भने आर्थिक वर्ष २०८२/८३ सम्म छ। भेरी–बबईमा १२ किलोमिटर लामो सुरुङ टिबिएम मेसिनबाट चाइना ओभरसिजले खनेको हो। उसले निर्धारित समयभन्दा अघि नै काम सकेको थियो। 

आयोजनामा २०७८/७९ मा २ अर्ब रुपैयाँ खर्च भएको थियो।  वर्ष २०७९/८० का लागि २ अर्ब ७१ करोड बजेट प्राप्त भएको छ।

त्यसबाहेक आयोजनाले मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुर्‍याएको छ भने रुख कटानको काम अहिलेलाई सकिएको जनाएको छ। सुनकोसी नदीमा बाँध निर्माण गर्न परेको बोलपत्र मूल्यांकन भइरहेको आयोजनाले जनाएको छ। 

आयोजनाको मुख्य सुरुङ सुनकोसी र तामाकोसी नदी संगमस्थलबाट ९ सय मिटर सिन्धुलीको खुर्कोटतर्फ १२ मिटर उचाइको बाँध बनाइ निर्माण हुनेछ। 

सुनकोसी र तामाकोसीको पानीलाई १३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ। 

त्यस्तै सोही आयोजनामा ६६ मिटर उचाइबाट पानी खसालेर ३१ मेगावाट विद्युत उत्पादन गर्ने योजना पनि छ। सिन्धुली र रामेछापमा निर्माण हुने उक्त आयोजनाले बागमती र मधेस प्रदेशलाई जोड्ने छ। आयोजनमा निर्माण हुने सुरुङको चौडाइ पाँच मिटर हुनेछ। 

सुनकोसी–मरिण डाइभर्सनले मात्रै तराईको ७७ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने छ। यसअघि नै बागमती सिँचाइ आयोजनाले तराईको ४५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याइसकेको छ।

बागमती सिँचाइ आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने छ। 

आयोजनामा बाँध, सुरुङ, विद्युतगृह र नहरका संरचना बनाउन विभिन्न प्याकेजमा बोलपत्र आह्वान भएका छन्।  
  

शुक्रबार​ ७ असोज २०७९ ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया