×

पर्यटन बोर्डका कर्मचारी आन्दोलित

images

काठमाडौं। नेपाल पर्यटन बोर्ड संयुक्त ट्रेड युनियन नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द भएको राजस्व कार्यलय तत्काल खाेल्न माग गरेकाे छ। 

युनियनले विज्ञप्ति जारी गर्दै आफ्ना मागबारे नेपाल पर्यटन बाेर्ड कार्यकारी समितिकाे ध्यानाकर्षण गराएकाे हाे।  

यस्तै नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन र नेपाल पर्यटन बोर्ड कर्मचारी यूनियनले संयुक्त रूपमा विभिन्न पाँच माग गरेका छन्। मागहरू पूरा नभएसम्म सम्पूर्ण कर्मचारीहरुले पेन डाउन गर्ने निर्णय गरेकाे युनियनले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

यस्ता छन् ट्रेड युनियनकाे पाँच मागहरू

१.नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित बन्द भएको राजस्व कार्यलय तत्काल सुचारु गर्न । 
२. पर्यटक सेवा शुल्क (टिएसएफ) सम्बन्धी विवाद समाधन गर्न ।
३.नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०७९/८० को आम्दानी प्रक्षेपण स्वभाविक, प्राकृतिक, यथार्थपरक र वस्तुपरक हुने गरी बजेट तर्जुमा गर्न ।
४.बोर्डको उद्येश्य अनुकुल विदेशी पर्यटकको आगमन वृद्धि गरी विदेशी मुद्रा भित्र्याई सरकार र पर्यटन व्यासायीलाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेट केन्द्रित गर्न ।
५.नेपाल सरकारले निर्णय गरेको तलब वृद्धि नेपाल पर्यटन वोर्डमा पनि लागू गर्न ।


 

शुक्रबार​ ७ असोज २०७९ ०४:१२ PM मा प्रकाशित

प्रतिक्रिया