×

कुमारी बैंकको ऋणपत्र बाँडफाँट

images

काठमाडौं। कुमारी बैंकको १० (दस) वर्षे अवधि ऋणपत्र बाँडफाँट गरेको छ।  बैंकको वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११ प्रतिशत केबिएल डिबेञ्चर २०८९’ बाँडफाँट भएको हो। 

बैंकले एक हजार अंकित दरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गरेकोे थियो। बैंकको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरेको हो। 

उक्त ऋणपत्र सर्वसाधारणको लागि भदौ १७ गतेदेखि ३१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो। 

व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्कासनमा ३ अर्ब १५ करोड बराबरको आवेदन प्राप्त भएको भएकोमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई  भदौ ७ गते शुक्रबारका दिन ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जनाएको छ।

बैंकले देशभरका १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग इकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। साथै, बैंकले आगामी दिनहरुमा सर्वसुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै जाने प्रतिबद्धता समेत गरेको छ ।

शुक्रबार​ ७ असोज २०७९ ०६:०९ PM मा प्रकाशित

प्रतिक्रिया