×

आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

images

काठमाडौं। आइएमई पे र फोन पेबीच सम्झौता भएको छ। सम्झौतामा आइएमई पेका निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई फोनपेका बिज्नेस डेव्लप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरे। 

सम्झौताअनुसार क्युआर स्क्यान गर्दा १ लाखसम्म जित्न सकिने अवसर हुनेछ  भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरूका पनि व्यवस्था मिलाइएको छ। 

चाडपर्वको अवसर पारी फोनपेले दसैंमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ। जसमार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख जित्ने मौका पाउनेछन्।  

यस्तै असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०५ छुट (अधिक्तममा १ सय रूपैयाँ) पनि प्राप्त गर्न सक्नेछन्। 

सम्झाैताले प्रयोगकर्ताहरूलाई चाडपर्वको किनमेल गर्न सहजता पुर्‍याउनुका साथै नयाँ प्रयोगकर्ताहरूलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन्।

शुक्रबार​ ७ असोज २०७९ ०५:४७ PM मा प्रकाशित

प्रतिक्रिया