×

जीआई वायरमा गरेको त्रुटि सच्याउन अर्थमन्त्रीद्वारा अटेर, ‘संरक्षित उद्योगसँग मिल्न आग्रह’

images

काठमाडौं । जीआई वायरको भन्सार बढाएर गल्ती महसुस गरेर त्यसलाई सच्याउने प्रण गरेका अर्थमन्त्री जनार्दन शर्माले बजेट पास भएपछि बोली फेरेका छन् । 

images

काल्पनिक उद्योगलाई संरक्षण गर्न जीआई वायरको भन्सार र अन्तःशुल्क बढाइयो, दर्जनौं उद्योग संकटमा 

काठमाडौं । चालू आर्थिक वर्षको प्रतिस्थापन बजेटमार्फत बिलेटको भन्सार दर शून्यमा झारिदिएर दर्जनौ उद्योग संकटतर्फ धकेलेका अर्थमन्त्...

शर्माले पूर्वका उद्योगसँग २७ गते जेठ जीआई वायर, घ्यु, तेल तथा स्यानेटरी प्याडमा भन्सार बढाएर गल्ती गरेको र संसदबाट बजेट पास हुनेबित्तिकै सच्याउने प्रतिबद्धता जनाएका थिए । तर, अहिले अर्थमन्त्री शर्माले त्रुटि सच्याउनुको साट्टो संरक्षित उद्योगसँग मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

अर्थमन्त्री पुरानै अवस्थामा फर्किएपछि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एक, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 

बजेट स्वीकृत भएको एक हप्तापछि अर्थमन्त्री शर्माले संरक्षित उद्योगसँगै मिलेर आउन भन्ने पुरानै भाषा दोहोर्याएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर अघि बढेको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । 

‘अर्थमन्त्रीले दर्जन उद्योगीसामु आफ्नो गल्ती भएको र त्यसलाई बजेट पास भएपछि सच्याउने प्रण गर्नु भएको थियो’, उनले भने, ‘अर्थमन्त्रीको प्रतिबद्धतालाई हामीले विश्वास गर्नै पर्यो । अहिले सच्याउने पक्षमा देखिनु भएको छैन । अझ उहाँले जुन उद्योगलाई संरक्षण दिइएको छ, त्यही उद्योग र तपाईंहरु मिल्नुस्, भनिरहनु भएको छ ।’ 

उनका अनुसार फाइदा पुगेको उद्योगसँग बसेर नेगोसिएसन गर्ने काम हाम्रो हो र ? हामीलाई मर्का परेका भन्सार बढेर हो । अर्थमन्त्री शर्माले भन्सार घटाउँछु भनेको हो । भन्सार घटाए भइहाल्यो नि । ‘व्यवसायी/व्यवसायी मिलाउने हामी विचौलिया होइनौ । अर्थमन्त्रीले मिलेर आउनस्, भन्नुभयो । मिलेर आउने कुरा होर ?’ उनले भने ।   

प्याकुरेलका अनुसार अब यो अर्थमन्त्रीबाट देश चल्दैन भनेर आफूहरु आन्दोलनमा उत्रिएको हो । ‘त्रुटि भयो, सच्याउँछु भनेर गल्ती महसुस गर्नु भएको हो । 

पहिल्यै उहाँले भन्नुपर्थो ‘तिमीहरुले उठाएको माग गलत छ, कुनै हालतमा पूरा गर्न सक्दिन । नीतिगत रुपमा राम्रो कुरा गरेको छु । तपाईहरुले बुझ्नु भएन । तर, उहाँले त सच्याउँछु भनेको हो । अहिले को कसले के कुरा गर्यो अर्थमन्त्रीले बोली फेर्नु भएको छ ।’ 

यसअघि पनि मर्कामा परेका व्यवसायीलाई भेट समेत नदिएका अर्थमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा भेट भएका थिए । प्रधानमन्त्रीले व्यवसायीको मर्का सुन्न र जीआई वायरको भन्सार पुरानै अवस्थामा फर्काउन निर्देशन दिएका थिए । तर, अहिले अर्थमन्त्री शर्मा संरक्षित उद्योगकै पक्षमा उभिएपछि पूर्वका व्यवसायीले आन्दोलका कार्यक्रम घोषणा गरेका हुन् । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत जीआई वायर उद्योगलाई चाहिने कच्चा पदार्थ एमएस वायर रड ९७२१३.९१.१०० आयातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको र स्वदेशी उद्योग बचाउन थप सहुलियतको आवश्यकता रहेको सरकारलाई जानकारीसमेत गराएका थिए ।

तर, सरकारले त्यस्ता वस्तुको कच्चा पदार्थ आयात गर्दा लाग्दै आएको ५ प्रतिशत भन्सारलाई बढाएर १० प्रतिशत पुर्याएको र अन्तःशुल्क पनि २५ सयबाट बढाएर ४५ सय प्रतिटन पुर्याएको प्रतिआपत्ति जनाएका छन् । 

जीआई वायर प्रयोजनार्थ चाहिने उच्चकोटीको एमएस वायर रड नेपालमा कसैले पनि उत्पादन नगरेको र आगामी दिनमा उत्पादन गर्ने भनी त्यस्ता काल्पनिक उद्योगलाई संरक्षण गर्न कच्चा पदार्थमा १ प्रतिशत भन्सार शुल्क अन्तःशुल्क छुट, विद्युतमा १५ प्रतिशतसम्म छुट दिई वर्षौंदेखि सञ्चालनमा रहेका जीआई वायर र ग्याभिन उद्योग धरासायी पार्ने काम भएको उद्योगीहरुको भनाइ छ ।
 

बिहीबार ९ असार २०७९ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया