मङ्गलबार, असोज १२ २०७८ ०५:२९ PM

×

इजरायल जान करिब १० हजारले दिए आवेदन, लोकसेवाको विधि प्रयोग गरेर परीक्षा हुने

images

काठमाडौं । कियर गिभर अर्थात् दीर्घकालीन स्याहार केन्द्रमा इजरायल जान चाहानेको संख्या ९ हजार ६ सय ९९ पुगेको छ । श्रम तथा रोजगार  विभागले गत साउनमा एक हजार जनाका लागि इजरायल जान आवेदन माग गरेको थियो । प्राप्त भएका आवेदनलाई मिहिन ढंगले अध्ययन गरिरहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै आवेदनको अध्ययन गरी आवेदकहरुलाई लिखित परीक्षामा सहभागी गराउने जनाएको छ । लिखित परीक्षामा उत्तीर्ण हुने उमेदवारको अन्तर्वार्तासमेत लिने सूचनामा उल्लेख छ। साथै उक्त परीक्षा लिँदा लोकसेवा आयोगले लिने परीक्षाको विधि प्रयोग हुने बताइएको छ । इजरायलमा रोजगारी दिने विषय पूर्णतः योग्य प्रणालीमा आधारित हुने कुरामा ढुक्क हुन मन्त्रालयले आग्रह गरेको छ ।

त्यस्तै विभिन्न माध्यमबाट मन्त्रालय वा विभागका कर्मचारीसँग आफ्नो चिनजान भएको भन्दै गैरकानुनी तरिकाबाट रकम असुल गरेका समाचार आएको प्रतिआफ्नो ध्यानाकर्षण भएको समेत मन्त्रालयले जनाएको छ ।

इजरायल पठाउने कार्य पूर्णरुपमा विभागले मात्रै गर्ने भएकाले अन्य सूचना र भनाइप्रति विश्वास नगर्न मन्त्रालयले अनुरोध गरेको छ । साथै गैनकानुनी काम गर्नेलाई कारबाही गर्नेसमेत बताइएको छ ।

No description available.

 

आइतबार​ ६ भदौ २०७८ ०३:२६ PM मा प्रकाशित

प्रतिक्रिया