बुधबार, कात्तिक ३ २०७८ ०८:३१ AM

×

सेयरमा खेल्न हैन लगानी गर्न आउने हो, बजार गलत ‘ट्रेन्डमा’ गयो

images

जलविद्युत कम्पनीका संस्थापक लगानीकर्ताहरूले सेयर बिक्री गरेर बाहिरिएका खबरहरू आएका छन् । ‘लकिङ परियड’ हटेपछि लगानीकर्ताहरूले कम्पनीहरूको सेयर बिक्री गरेका हुन् । तर, बैंक तथा वित्तीय संस्थाहरूमा यस्तो व्यवस्था छैन । एक पटकमा १० प्रतिशतभन्दा बढी संस्थापक सेयर साधारणमा रूपान्तरण गर्न पाइँदैन । जलविद्युतमा ३ वर्षको लकिङ परियड राखिएको छ । त्यसपछि पूरै सेयर साधारणमा परिणत गर्न सकिन्छ । 

जलविद्युत कम्पनीमा सञ्चालक र अध्यक्ष दोस्रो बजारका लगानीकर्ताबाट पनि हुनुपर्नेमा केही कम्पनीको संस्थापकहरूको चलखेलले गर्दा त्यसलाई निर्वाचन प्रक्रियामा लगिँदैन । यसमा एजेन्डा स्पष्ट हुनुपर्छ । सेयर संरचना परिवर्तन भएर ५१ प्रतिशत दोस्रो बजारमा गइसकेपछि यहीबाट कम्पनीको अध्यक्ष र सञ्चालक हुनुपर्छ । तर, त्यस्तो हुन दिइँदैन । 

सेयर बजारलाई धेरै कुराले फरक पार्छ । कम्पनीको प्रतिसेयर आम्दानी, सेयर संख्या, ‘भोलाटाइल अफ मार्केट’, लगानीकर्ताको संख्या र चासोले बजारलाई फरक पार्छ । नेपालको सेयर बजारको यो विडम्बना हो । जुन कम्पनीको सेयर संख्या कम हुन्छ अर्थात जुन संख्याको सेयरलाई आफ्नो रुचिअनुसार चलाउन सकिन्छ, त्यो सेयर बजारमा चलेको देखिन्छ । बैंकहरूको दोस्रो बजारमा सूचीकृत सेयरका आधारलाई मान्दा कुल चुक्तापुँजी ३ खर्ब ५ अर्ब ६४ करोड रुपैयाँ छ । त्यसको दोस्रो बजारमा सेयर संख्या १ अर्ब ३७ करोड कित्ता सूचीकृत भएको छ । त्यसको ५९० अर्ब रुपैयाँको फ्लोटिङ बजार मूल्य छ । 

यस्तै निर्जीवन बिमा कम्पनीको बजारमा ९ करोड २८ लाख कित्ता छ । त्यसको बजार मूल्य ११० अर्ब रुपैयाँ देखिन्छ । जीवन बिमाको १० करोड ६६ लाख कित्ता दोस्रो बजारमा सूचीकृत भएको छ । यसको मूल्य करिब १२६ अर्ब रुपैयाँ जति देखिन्छ । त्यसैगरी लघुवित्तमा ७ करोड ७५ लाख कित्ता मात्रै दोस्रो बजारमा छ । यसको बजार मूल्य १३७ अर्ब  रुपैयाँ देखिन्छ । 

कसैले बैंकको सेयरमा खेल्न चाह्यो भने ६ सय अर्ब पुँजीलाई परिचालन गर्नुपर्ने हुन्छ भने लघुवित्तलाई १३७ अर्ब, जीवन बिमालाई १२३ अर्ब, निर्जीवनलाई १११ अर्ब रुपैयाँले पुग्छ । बैंकको सेयर संख्या जति बजारमा छ, अन्यको कुल जोड्दा पनि पुग्दैन । यस कारणले गर्दा सेयर बजारमा ‘भोल्युम म्यानुप्लेसन’ गरिएको छ ।

सेयर बजारलाई धेरै कुराले फरक पार्छ । कम्पनीको प्रतिसेयर आम्दानी, सेयर संख्या, ‘भोलाटाइल अफ मार्केट’, लगानीकर्ताको संख्या र चासोले बजारलाई फरक पार्छ । नेपालको सेयर बजारको यो विडम्बना हो । जुन कम्पनीको सेयर संख्या कम हुन्छ अर्थात जुन संख्याको सेयरलाई आफ्नो रुचिअनुसार चलाउन सकिन्छ, त्यो सेयर बजारमा चलेको देखिन्छ ।

९० प्रतिशत लगानीकर्तामा ‘लेट्स प्ले द स्टक मार्केट’ अर्थात खेल्न जाने प्रवृत्तिको हावी भएको छ । सेयर बजारमा खेल्न आउने होइन, लगानी गर्न आउने हो । अहिले ठूलो व्यावसायिक घरना वा सेयरहोल्डर र नयाँ आउनेलाई पनि सेयर बजारमा खेल्न जाने भन्ने खालको सन्देश गएको छ । यो नै गलत हो । जसका कारण बजार गलत प्रवृत्तिमा गएको देखिन्छ । यो मेरो व्यक्तिगत विश्लेषण हो । 

‘लेट्स इन्भेस्ट’ भन्ने हो भने बजारले केही रूप लिन्छ । लगानी केही समयका लागि हुन्छ । लगानीको प्रतिफल आजको भोलि हुँदैन । एउटा मःम पसल खोलेर व्यापार गर्न झण्डै एक वर्ष लाग्छ । त्यसपछि बजारको रणनीति र प्रतिफल भन्ने कुरा आउँछ । पसलमा गएर मःम अर्डर गर्दा खान भन्दा दोब्बर समय आउन लाग्छ । खानलाई केही समय पर्खनुपर्छ । आज सेयर किन्नेको २ दिनभित्र ‘सेटलमेन्ट’ हुन्छ । त्यसपछि सेयर बेच्ने सुरु गरिन्छ । हामीमा ६० घण्टाको खरिद बिक्री प्रवृत्ति बढेकाले आज बजारमा यो अवस्था देखिएको हो । 

सेयर बजारमा जलविद्युतकै हालिमुहाली 

सेयर बजारमा किन जलविद्युतको हालिमुहाली भइरहेको छ ? जलविद्युत कम्पनी सबै नराम्रा छैनन्, राम्रा पनि छन् । तर, यहाँ खेलाउने प्रवृत्तिले सबैलाई एउटै टोकरीमा हालेर ‘कम्प्लिट एनालाइसिस’ गर्ने प्रवृत्ति देखा पर्यो र बजार ‘सेक्टरवाइजमा’ गयो । आज बैंक चल्यो भने बैंककै सेयर किन्ने । भोलि निर्जीवन बिमाको चल्यो भने त्यसको मात्र किन्ने, जीवन बिमाको चल्यो त्यो मात्र किन्ने विकास बैंक चल्यो विकास बैंक र जलविद्युत मात्र चल्यो भने त्यही मात्र किन्ने प्रवृत्ति देखिएको छ ।

जलविद्युतमा केही राम्रा कम्पनीहरू पनि छन् । जस्तो अरुण कावेली पावरले १७ प्रतिशत बोनस सेयर दिने भनेको छ । अहिलेसम्म बिजुली बेचेर मात्र लगानीकर्तालाई १७ प्रतिशत लाभांश दिन प्रस्ताव गरेको कम्पनी हो अरुण काबेली पावर । यसमा गर्व गर्नुपर्छ । प्रतिकित्ता ६०० रुपैयाँको सेयर मूल्य भएको १७ प्रतिशत लाभांश दिने कुनै पनि कम्पनी छैन । यस्तै एनजीबीएलले २० प्रतिशत लाभांश दिएको छ । यसको कमाइ के होभन्दा १२ करोड रुपैयाँ अन्य सञ्चालन आम्दानी देखाइएको छ । जुन सेयरबाट वा अन्यबाट कमाइएको हो । कुनै पनि सेयरको स्टक गर्दा वास्तविक कमाई गरेको हो कि होइन जान्न गहिराइमा पुग्नु आवश्यक छ ।

जलविद्युत नराम्रा मात्र छैनन् । बिजुली बेचेर आम्दानी गर्ने कम्पनीको सेयर किनेमा डुबिन्दैन । जलविद्युतलाई अन्य कम्पनीसँग तुलना गर्ने कि नगर्ने भन्ने कुरा छ । कुनै पनि कम्पनीको सेयर किन्न वृद्धिलाई हेर्नुपर्छ । हामीकहाँ  प्रतिसेयर आम्दानीलाई बढी केन्द्रीकृत गरिन्छ । कम्पनीको ‘प्राइस अर्निङ ग्रोथलाई’ हेर्न जरुरी छ । कारोबार वृद्धि पनि कम्तीमा ५ वर्षको हेर्नुपर्ने हुन्छ । जलविद्युतको वृद्धि हुने संभावना कम हुन्छ । थोरै मात्र वृद्धि हुन्छ । ऋणको दायित्व कम हुँदै गएपछि वृद्धि अली बढी हुन्छ । सञ्चालनमा आएको १० वर्षपछि सरकारलाई आय कर तिर्नुपर्छ । वृद्धिदर कम छ भने यस विषयमा सोच्नुपर्ने हुनसक्छ । 

सेयर बजारमा किन जलविद्युतको हालिमुहाली भइरहेको छ ? जलविद्युत कम्पनी सबै नराम्रा छैनन्, राम्रा पनि छन् । तर, यहाँ खेलाउने प्रवृत्तिले सबैलाई एउटै टोकरीमा हालेर ‘कम्प्लिट एनालाइसिस’ गर्ने प्रवृत्ति देखा पर्यो र बजार ‘सेक्टरवाइजमा’ गयो । आज बैंक चल्यो भने बैंककै सेयर किन्ने । भोलि निर्जीवन बिमाको चल्यो भने त्यसको मात्र किन्ने, जीवन बिमाको चल्यो त्यो मात्र किन्ने विकास बैंक चल्यो विकास बैंक र जलविद्युत मात्र चल्यो भने त्यही मात्र किन्ने प्रवृत्ति देखिएको छ ।

बैंकको पीई रेसियोलाई हेरौं 

नबिलको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४३ छ भने योभन्दा कम कृषि विकास बैंकको होला । कृषि विकासको पीई रेसियो १६.२७ छ । नेपाल बंगलादेश बैंक (एनबीबी) को १७.५२, सिद्धार्थ बैंकको १९ प्रतिशत, नेपाल बैंकको २१.११ र सानिमा बैंकमा २१.१८ मा छ । नबिललाई हेर्दा ‘पीई रेसियो डजन्ट म्याटर’ । प्राइस अर्निङ द सेयर अर्थात तपाईंले लगानी गरेको पैसाले कति कमाउने क्षमता राख्छ भन्ने हो । १०० रुपैयाँ लगानीले ३८.९६ प्रतिशत जोखिमको कभरेज छ भन्न खोजेको हो । रेसियो जोखिमको पाटोबाट जान्छ । बजार मूल्यमा गयो भने यसले आम्दानी दिनसक्ने क्षमता उच्च भन्ने राख्छ । जसको ग्रोथ ५० र पीई रेसियो ५० हुँदा ‘वेस्ट सेयर’ हुन्छ । 

नबिलको यो वर्ष ग्रोथ राम्रो देखिएको छ । बैंकिङलाई हेर्दा पीईमात्र त्यस्तो भ्यालु होइन । बैकको ब्याज आम्दानी के छ त्यो हुनुपर्छ । अर्को आम्दानी के गरेको छ । नबिलले निर्धन उत्थान र डिप्रोक्स लघुवित्तको सेयर बेचेर कमाएको हो । यो वर्ष सिद्धार्थ बैंकले पनि त्यसरी कमाएको छ । जसले ‘कोर बैंकिङ’गरेको छ, त्यसको ब्यालेन्ससिटमा रहेर अन्यलाई तुलना गर्यो भने वास्तविक तथ्यांक निक्लिन्छ । विशुद्ध कोर बैंकिङ गर्नेमा नेपाल एसबीआई बैंक बराबर कोही छैन । 

एसबीआईको वित्तीय रिपोर्ट नराम्रो छ । नेपालको कुनै बिजनेसको नर्मसँग एसबीआईको मेल खाँदैन । नाफा मात्रै होइन कम्पनीको क्षमता घट्नु हुँदैन । सानिमा एउटा वेस्ट बैंक हो । सानिमाको पहिलो कुरा पुँजी धेरै छैन । एनएमबी, सानिमा, सिद्धार्थ, यी एउटा रेन्जका बैंक हुन् । सानिमाको खराब कर्जा धेरै कम छ । खराब कर्जा सबैभन्दा कम एभरेष्टको छ । एभरेष्टको यस्तो कर्जा ०.२ प्रतिशत मात्र छ । त्यसपछि सानिमा र एसबीआईको छ । 

२० वर्ष पुरानो बैंकको निष्क्रिय कर्जा ०.१६ र ०.२३ भनेको नगन्य हो । अन्तर्राष्ट्रिय बैंकिङ नम्र्समा ५ प्रतिशत एनपीएललाई सामान्य मानेको हुन्छ । तर, हामीकहाँ राम्रो मानिँदैन । एभरेष्टले रिटेल बैंकिङ मात्र गर्छ, त्यही भएर उसको कम भयो । यस्तै एनआईसी एसिया बैंकले पनि रिटेल बैंकिङलाई ‘फोकस’ गरेको छ । एनआईसी एसिया र अन्यको प्रवृत्ति फरक छ । 

अहिलेको ‘करेन्ट सिनारियो मार्केटलाई’ हेर्दा लगानीकर्ताले बैंकको आम्दानी र यसले लाभांश दिनसक्ने क्षमता हेरिएको छैन । किनभने लगानीकर्ताले किनेको सेयर ६० घण्टाभित्र बेचेर नाफा कमाउन चाहन्छ । आजको अवस्था हेर्दा प्रतिफल पाउने अझै १ डेढ महिना लाग्ने देखिन्छ । त्यो डेढ महिना कसैले कुर्न चाहँदैन ।

लगानीकर्ताले यति छिटो पैसा कमाउन चाहन्छ । त्यसैले अहिले जलविद्युत ट्रेन्ड चलेको छ । जसले जलविद्युतमा लगानी गर्न चाहन्छ, यस्तो अवस्थामा लगानी गर्न हुँदैन पनि म भन्दिन, हुन्छ पनि भन्दिन । हुँदैन यस अर्थमा भन्दिन जलविद्युतको धेरै बढ्यो भनेर होइन । किनभने जलविद्युतको ग्रोथ धेरै हुँदैन । 

जलविद्युत किनिरहनेको सेयर कुनै एउटा बिन्दुमा पुगेपछि खरिदकर्ता नआउन सक्छ ।  त्यसबेला लगानीकर्ताले आफ्नो सेयर खल्तीमा राख्नुपर्ने हुन्छ । उसले नोक्सान कति बेहोर्ने भन्ने सोचेको पनि हुँदैन । अहिल अन्य कम्पनीको सेयर किन्यो भने केही बेचेर खरिद देखिन्छ । कतिपय साथीहरूले नकारात्मक कुरा मात्र गर्यो भन्नुहुन्छ होला ।

एसपीडीएलको ८० रुपैयाँ, अपी १०१ एकेपेएल १८१ मा मूल्य रहेका बेला सबैभन्दा बढी जलविद्युतको सेयर किन्ने म हो । त्यसबेला मसँग एसडीडीए ४ लाख, एकेपीएल १० लाख कित्ता थियो । मूल्य ८० रुपैयाँ थियो । जलविद्युतको सेयर मूल्य फेसभ्यालुभन्दा तल किन आयो होला ? पहिला त्यो सोच्न जरुरी छ । राम्रो भएको भए सेयर मूल्य फेस भ्यालुभन्दा तल आउँदैन थियो । 

कम मूल्य भएकाले अहिले बजारमा जलविद्युतको सेयर चलेको छ । अहिले सेयर बजारमा साना र ठूला गरी ४० लाख लगानीकर्ता छन् । उनीहरूको चाहना र क्षमता १ लाख, ५० हजार, २० हजार र १० हजार कित्तामा मात्र छ । उनीहरुको किन्न सक्ने क्षमता जलविद्युतमा मात्र छ । संसारमा माग र आपूर्तिभन्दा पनि लगानीकर्ताको क्षमतालाई हेरिन्छ ।  मसँग १० रुपैयाँ छ भने मैले खाने वस्तु त्यही मूल्यको हो । २० रुपैयाँको होइन । २० रुपैयाँको खोजेँ भने ऋण लिनुपर्छ । 

अहिलेको ‘करेन्ट सिनारियो मार्केटलाई’ हेर्दा लगानीकर्ताले बैंकको आम्दानी र यसले लाभांश दिनसक्ने क्षमता हेरिएको छैन । किनभने लगानीकर्ताले किनेको सेयर ६० घण्टाभित्र बेचेर नाफा कमाउन चाहन्छ । आजको अवस्था हेर्दा प्रतिफल पाउने अझै १ डेढ महिना लाग्ने देखिन्छ । त्यो डेढ महिना कसैले कुर्न चाहँदैन । लगानीकर्ताले यति छिटो पैसा कमाउन चाहन्छ । त्यसैले अहिले जलविद्युत ट्रेन्ड चलेको छ ।

४० लाख लगानीकर्ता भएका बेला हामीसँग दोस्रो बजारमा २ अर्ब कित्ता सेयर पनि छैन । ९ लाख १० हजार मात्र सक्रिय लगानीकर्ता छन् भनेर आधार मान्दा प्रत्येकलाई १३०० कित्ताभन्दा बढी सेयर पर्दैन । ठूला लगानीकर्ताहरूले होल्ड गर्ने भनेको औसत १३ सय कित्ताभन्दा बढी देखिएको छैन । त्यसैले मलाई घाटा हुँदा त्यत्ति दुःख छैन र कमाउँदा पनि धेरै खुसी छैनन् भन्ने सोच भएका लगानीकर्ताले जलविद्युत कम्पनीको सेयर किने हुन्छ ।

पीई, ईपीएस सबै रेसियो एकातिर छन् । बजारमा यस्तो ‘स्क्रिप्ट’ हुन्छ जसलाई जति छोयो त्यति उफ्रिने जति सुमसुमायो त्यति अघि बढ्ने हुन्छ । अमेरिकाको टेस्ला मोटरको कुरा गर्दा उसको ईपीएस एकदम कम छ । तर, टेस्लाको सेयर मूल्य धेरै माथि छ । यस्तै भारतमा एउटा कम्पनीको २ रुपैयाँको सेयर मूल्य बढेर ७०० रुपैयाँ पुगेको छ । यो पनि ६ महिनामा । जलविद्युतको सेयर किन्दा सबै लगानीकर्तालाई मेरो अनुरोध छ, कमसेकम भोलि मेरो सेयर बिक्री भएन भनेर आन्दोलन गर्न जानु नपरोस् । 

अहिले आन्दोलन भइरहेको छ, यो गलत हो । कमाउँदा मैले व्यक्तिगत रूपमा कमाउने गुमाउँदा देशले दिएन भन्ने सोचनै गलत हो । जोखिम र प्रतिफल सँगसँगै जान्छ भनेर लगानीकर्ताले बुझ्नुपर्छ । जोखिम लिँदा प्रतिफल पनि त्यहीअनुसारको हुन्छ । लिनुभएन भने कम हुन्छ । जोखिम कम लिने भए बैंकिङमा जानुभए हुन्छ ।

यद्यपि बैंकिङको सेयर मूल्य पनि घटेको छ । के किन्ने र के नकिन्ने भन्ने स्क्रिप्ट मैले बोल्न मिल्दैन । जलविद्युतमा कुन कम्पनीले बिजुली बेचेर मात्र वास्तबिक कमाई गरेको छ, जसको पीई रेसियो ४० भन्दा कम छ भने त्यसको प्रतिफल २० प्रतिशतभन्दा घट्दैन । यो लगानीकर्ताहरूले लेखेर राख्नुस् । 

कम्पनीहरू मर्ज हुने र  हकप्रद सेयर आउने भनेर सर्किट लगाइएको छ । एकेपीएलको सेयरको सर्किट लागेको छ । त्यसले अहिले ५० प्रतिशत प्रतिफल देला । त्यसपछि आगामी दिनमा दिने के ? यो मुख्य कुरा हो । 

विश्वको सेयर बजारमा हेर्दा सबैभन्दा बढी लिड निर्जीवन कम्पनीले गरेको हुन्छ । किनभने हिजो घरको पनि बिमा गर्न चाहँदैन थियौं । भूकम्प गयो र ठूलो क्षति भएकाले अलिअली घरको पनि बिमा गर्न थालिएको छ । विदेशमा आफ्ने सुत्ने खाटको पनि बिमा गरिन्छ । त्यो खाट एक ठाउँबाट अर्को ठाउँमा सर्ने बेलासम्म सबैभदा जोखिम हुन्छ । हामीमा यो चलन छैन ।  

कुनै पनि बजनेसमा पछाडि र अगाडि दुवै तिरबाट हान्छि भने त्यहाँ कोही पनि जाँदैन । अहिले यसै पनि म्यानुप्लेसन यति गम्भीर भएको छ कि सानो कुराले पनि बजारलाई प्रभावित हुने गरेको छ । कसैले २ लाख कित्ता किन्यो भने त्यो कम्पनीको सेयर मूल्यमा सर्किट लाग्न थालेको छ । 

जीवन बिमाको कुरा गर्दा बिमा समितिले भविष्यको पनि बोनस कटाउनु पर्ने भनेको छ । कतिले कटाइरहेका छन् भने कतिले कटाएका छैनन् । यसमा बिमा समितिको ‘भिजन क्लियर’ छैन । शिखर इन्स्योरेन्स र आइजेलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दियो । दुईटा कम्पनीको संस्थापक सेयर परिवर्तन गर्नुथियो । त्यो सेयर बेच्नु पर्ने थियो ।

शिखरको १० र आइजेआईको १९ प्रतिशत संस्थापक सेयर परिवर्तन गरिएको छ । एनएलजीको बोर्डले निर्णय गरेर समितिमा पठाएकोमा उसले  अनुमति पाएन । समितिले दुइटालाई दिएर अन्यलाई किन रोक्यो ? अब निर्जीवनमा सबै कम्पनीहरुको सेयर संरचना परिवर्तन सकियो । अब कसैलेको पनि सेयर परिवर्तन गर्न बाँकी छैन । संस्थापकहरूले सेयर बेचेका छन् । 

सबैभन्दा ठूलो लिड गरेको र दोस्रो बजारमा ६ सय अर्ब रुपैयाँको सेयर भएको बैंकिङको मूल्य नबढेको भने होइन । जलविद्युतको गतिमा किन बढेन भन्ने कुरा आउँछ । व्यक्तिगत लगानीकर्ताको क्षमता कति छ भन्नेमा निर्भर हुन्छ । कुनै जलविद्युत कम्पनीको १२० रुपैयाँ कित्ता सेयर हुँदा लगानीकर्ताले १२ सय रुपैयाँ लगानी गर्नुपथ्र्यो । यो रकमले कुनै पनि वाणिज्य बैंकको सेयर पाइँदैन थियो । 

पीई, ईपीएस सबै रेसियो एकातिर छन् । बजारमा यस्तो ‘स्क्रिप्ट’ हुन्छ जसलाई जति छोयो त्यति उफ्रिने जति सुमसुमायो त्यति अघि बढ्ने हुन्छ । अमेरिकाको टेस्ला मोटरको कुरा गर्दा उसको ईपीएस एकदम कम छ । तर, टेस्लाको सेयर मूल्य धेरै माथि छ । यस्तै भारतमा एउटा कम्पनीको २ रुपैयाँको सेयर मूल्य बढेर ७०० रुपैयाँ पुगेको छ । यो पनि ६ महिनामा । जलविद्युतको सेयर किन्दा सबै लगानीकर्तालाई मेरो अनुरोध छ, कमसेकम भोलि मेरो सेयर बिक्री भएन भनेर आन्दोलन गर्न जानु नपरोस् । 

अहिले आन्दोलन भइरहेको छ, यो गलत हो । कमाउँदा मैले व्यक्तिगत रूपमा कमाउने गुमाउँदा देशले दिएन भन्ने सोचनै गलत हो । जोखिम र प्रतिफल सँगसँगै जान्छ भनेर लगानीकर्ताले बुझ्नुपर्छ । जोखिम लिँदा प्रतिफल पनि त्यहीअनुसारको हुन्छ । लिनुभएन भने कम हुन्छ । जोखिम कम लिने भए बैंकिङमा जानुभए हुन्छ ।

त्यो १२० रुपैयाँ हालेर खातामा सेयर आइपुग्दा बढेर १४० रुपैयाँ पुगेको अवस्था थियो । तर, बैंकमा यो संभावना थिएन र छैन पनि । जबकि ४२ लाख लगानीकर्ता प्रत्येकको एक जना लगानीकर्तालाई २०० कित्ता सेयर पनि पर्दैन । भनेपछि ४२ लाखले ३० लाख कित्ता सेयर ६० घण्टामा कारोबार गर्छन् । बैंकको यति कारोबार गर्न गाह्रो छ । माग र आपूर्तिले बजारलाई प्रभाव पार्छ ।  बैंकको आपूर्ति बढी छ । 
बैंकमा जसले लगानी गरेको छ उसले जलविद्युतको सेयर किनेको छैन । उसले बैंकको मात्र किनेको छ  । 

मागमा अवरोध आयो भने कुन स्थितिमा गएर सेयर फाल्नुपर्छ भन्ने कुरा अपी पावरले देखाएको छ । अपीको ८२३ मा पुगेर १ सय रुपैयाँ फर्किंदाको लगानीकर्ताको हालत के थियो होला ? हकप्रद दिने हल्ला गरेर अपीको सेयर मूल्य ८२३ रुपैयाँ पुर्याइएको थियो । नेपालीले कहिले पनि भविष्य हेर्दैन, यो मुख्य समस्या हो । अघिल्लो वर्ष नबिलले जुन प्रकारको बोनस दिएको थियो । त्यो आशा लगानीकर्ताको मष्तिस्कमा छ । नबिल ४३ को पीई रेसियोमा चलिरहेको छ ।

नबिलको चुक्ता पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ छ  । नबिलमा ४० प्रतिशत सर्वसाधारणको लगानी छ । सानिमाको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ हो । सेयर संख्याको कुरा गर्दा नबिलभन्दा सानिमाको कम छ । तै पनि पीई रेसियो नबिलको भन्दा सानिमाको धेरै कम छ । सानिमाको तुलनामा नबिलको २ गुणा बढी पीई रेसियो छ । यो राम्रो कुरा होइन ।

ग्रोथको हिसावले माछापुच्छ«्रे बैंकको आकार वेस्ट छ । माछापुच्छ्रे सानिमा बराबरको साइजमा छ । निक्षेप, कर्जा लगानी सानिमा बराबरको छ । पुँजीमा सानिमा भन्दा कम छ । नयाँ लगानीकर्ता हुनुहुन्छ भने माछालाई वेस बनाइदिनु होला । 

निष्क्रिय कर्जा कम भएको बैंक हेर्ने हो भने सानिमामा लगानी गर्दा हुन्छ । विदेशी बैंक पनि ल्याएको छ भन्ने हो भने एनएमबीमा लगानी गर्दा हुन्छ । तर, एनएमबीको ग्रोथ ज्यादै कम छ । एनएमबीले २ वर्षअघि राम्रो ग्रोथ गरेको थियो र सेयर मूल्य बढेको थियो ।  अहिले पनि मलाई लाग्छ सबैभन्दा ‘जस्टिफाइड’ कुरा कम्पनीको ग्रोथ नै हो । तर, वास्तविक ग्रोथलाई हेर्नुपर्छ ।

हामीमा अघिल्लो वर्ष गरेको ग्रोथलाई हेरेर लगानीको निर्णय गरिन्छ । त्यो गलत हो । ग्रोथ, पीई रेसियोसहितको ग्रोथलाई तुलना गरेर हेर्दा भने यीमध्ये बैंक, निर्जीवन, जीवन, लघुवित्त वेस्ट हेरर लगानी गर्दा हुन्छ । सेयर बजारमा लघुवित्तको सेयर मूल्य किन उच्च छ ?

आजको दिनमा बैंकको ग्रोथ औसत १२ देखि १३ प्रतिशत छ । यस्तै निर्जीवन बिमाको १५ देखि १६, लाइफको १५ देखि १६ प्रतिशत ग्रोथ छ । लघुवित्त यस्तो क्षेत्र हो जसको ग्रोथ ३७ प्रतिशतसम्म छ । आज लघुवित्तले ३३ देखि ३७ प्रतिशतसम्म लाभांश दियो भने अर्को वर्ष पनि न्यूनतम यति नै पाइन्छ भन्ने लगानीकर्ताको अनुमान हुन्छ । 

क्लव हाउसले बजार हल्लाएको छ 

ठूला लगानीकर्ताले सेयर बजारलाई हल्लाइरहेका छन् । क्लब हाउसले यस्तो गरिरहेको छ, उस्तो गरिरहेको छ भन्ने कुरा आएको छ । क्लब हाउसमा निःस्वार्थ जसले सूचना सम्प्रेषण गरेको छ, त्यो धेरै राम्रो छ । अहिले सूचना सम्प्रेषणभन्दा पनि आफूले कुन सेयर किनेको छ त्यसलाई बढाउनुपर्छ भन्ने प्रवृत्ति रहेको मैले पाएको छु । त्यो गलत हो । धितोपत्र बोर्ड र सरकारले एउटा नियम बनाएर यसलाई रोक्नुपर्छ ।
ठूला लगानीकर्ताको आफ्नो लगानी हुन्छ । स्वतन्त्र रूपमा लगानी गर्न सकिन्छ । मान्छे सामाजिक प्राणी भएर स्वतन्त्रत छ भन्दैमा कोही सडकमा नाङै्ग हिँडेको छ ? यो पनि उसको स्वतन्त्रता हो । स्वतन्त्रता छ भन्दैमा नाङ्गै पनि हिँड्नु हँुदैन । केही चिज छोपिनुपर्दो रहेछ । समाजले मूल्यांकन गर्दोरहेछ । कमाउनु मात्र ठूलो कुरा होइन भन्ने कुरा ठूला लगानीकर्ताले बुझ्नुपर्छ । मैले मात्र कमाउने होइन, म पछिका लगानीकर्ता सबैले कमाउनुपर्छ भन्ने कुराको मनन सबैले गर्नु जरुरी छ ।

केही ठूला लगानीकर्ताहरुले यो सेयर किन म यति पुर्याइदिन्छु भनेका छन् । यो गलत हो, यो किन वा त्यो किन भन्न पाइँदैन ।  पछिल्लो समयमा देखिएको सबैभन्दा खतरा प्रवृत्ति सेयरको ‘कर्नरिङ’ हो । सानो पुँजीको सेयर रोज्ने, सेयर मूल्य एउटा लेवलसम्म पुर्याउने, त्यो तहमा पुर्याएपछि बेच्ने र, यो कुरा बजारमा नयाँ प्रवेश गर्ने लगानीकर्तालाई थाहा हुँदैन । त्यो हावा हालेर फुलाइएको बेलुन मात्र हो । त्यो प्रवृत्तिमा एक दुईजना क्लब हाउसमा देखिनु भएको छ । ब्रोकरको क्षमताले पनि अहिलेको बजारलाई निर्धारण गरेको छ । आज ब्रोकर कार्यालयमा जाँदा ८० प्रतिशतले ‘नो बाइ’ भन्छन् । बिक्री मात्र भन्नुहुन्छ । उहाँ पैसा कमाएर मज्जाले ढाडिनु भएको छ ।

मैले देखेको छु केही ठूला लगानीकर्ताहरुले यो सेयर किन म यति पुर्याइदिन्छु भनेका छन् । यो गलत हो, यो किन वा त्यो किन भन्न पाइँदैन ।  पछिल्लो समयमा देखिएको सबैभन्दा खतरा प्रवृत्ति सेयरको ‘कर्नरिङ’ हो । सानो पुँजीको सेयर रोज्ने, सेयर मूल्य एउटा लेवलसम्म पुर्याउने, त्यो तहमा पुर्याएपछि बेच्ने र, यो कुरा बजारमा नयाँ प्रवेश गर्ने लगानीकर्तालाई थाहा हुँदैन । त्यो हावा हालेर फुलाइएको बेलुन मात्र हो । त्यो प्रवृत्तिमा एक दुईजना क्लब हाउसमा देखिनु भएको छ । ब्रोकरको क्षमताले पनि अहिलेको बजारलाई निर्धारण गरेको छ । आज ब्रोकर कार्यालयमा जाँदा ८० प्रतिशतले ‘नो बाइ’ भन्छन् । बिक्री मात्र भन्नुहुन्छ । उहाँ पैसा कमाएर मज्जाले ढाडिनु भएको छ ।

नेपाल राष्ट्र बैकले ४ करोड र १२ करोड रुपैयाँको सेयरमा लगानीको सीमा तोकेर बजार घटेको होइन । मैले सम्पत्ति राखेर ऋण लिन पाउनुपर्छ । तर, राष्ट्र बैंकले रोक्न चाह्यो भने भन्न पाउँछ । कसैको पीई रेसियो ५० भन्दा माथि छ भने ऋण लगानी नगर्न केन्द्रीय बैंकले भन्न सक्छ । कसैको पीई रेसियो ४० भन्दा तल छ भने ७० प्रतिशतसम्म र त्योभन्दा पनि कम रहेछ भने बढी दिन भन्न सक्छ । यो जोखिमको क्षमता हेरेर भन्न सकिन्छ । 

तर, राष्ट्र बैंककले ४ र १२ करोड भन्ने होइन । कसैको १०० करोड छ, उसले ३० प्रतिशत मात्र लिन्छ भने उसले जम्मा ९ करोड रुपैयाँ मात्र पाउँछ । त्यही रोकियो नि ! सेयर लोन बढी लिएको भनेको १५० करोड मात्र हो ।  यो नीतिले साना लगानीकर्तालाई फाइदा हुन्छ । बैंकहरूले साना लगानीकर्तालाई हेर्न पनि चाहँदैनन् । किनभने सानालाई ऋण दिँदा सञ्चालन लागत बढी हुन्छ । तर, एक जनालाई दियो भने सहज हुने भएकाले बैंकले धेरैलाई कर्जा दिन चाहाँदैनन् । यो हिसावले सानालाई सहज छ । 

नेपालको बजार ४० खर्बको बजारपुँजीकरण भनिएको छ । यो सत्य होइन । दोस्रो बजार १५ खर्ब रुपैयाँभन्दा ठूलो छैन । प्राथमिकलाई पनि जोडेर ४० खर्ब पुर्याइएको हो । संस्थापकको मूल्य र सर्वसाधारणको मूल्य फरक छ । १६ खर्बमा कर्जा दिएको छ । सेयरको प्रस्पेटिभमा हेर्दा १६ खर्बलाई १ खर्ब कर्जा गयो भने ६ प्रतिशत भयो । ६ प्रतिशत ऋणले चलेको बजारमा ठूलो असर गर्दैन । एक/दुई जनालाई पार्ला । बजार जुन तरिकाले गएको छ । यो स्वचालित नभएर केही निश्चित ग्रुपको हातमा छ भन्ने बुझिन्छ । 

हरेक कुराको सकारात्मक पक्ष बुझ्न समय लाग्छ तर नकारात्मक कुरा तत्कालै सुन्न सकिन्छ । कुनै पनि चिजको मोसन पोजेटिभ भाइवस ढिलो तर नेगेटिभ भाइवस छिटो हुने गरेको छ । अहिले सेयर बजारमा पनि यही भएको हो । यसलाई रोक्न सीमाभन्दा पनि सेयर बजारको प्रवृत्ति, क्षमता र पुँजीलाई हेरेर रोक्न सकिन्छ ।

कुनै कम्पनीको खुद सम्पत्ति ऋणात्मक भएपछि नेपाल स्टकमा सूचिकरणबाट हटाइन्छ । डिलिस्टेट हुनुपर्ने कम्पनीको सेयर मूल्य ४ सय रुपैयाँ माथि पुर्याइएको छ । माग र आपूर्तिले सेयर बजारलाई हिट गरेको छ । बजार स्वचालित छैन । नियमन निकायले पनि घरीघरी यस्तो उस्तो भन्नु उपर्युक्त हुँदैन् ।

मङ्गलबार ५ असोज २०७८ ०८:३१ AM मा प्रकाशित

प्रतिक्रिया