बुधबार, साउन १३ २०७८ ०९:२२ AM

×

सनराइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी सुविधा

images

काठमाडौं ।  सनराइज बैंकले  कार्डलेस भुक्तानी सेवा सुरु गरेको छ।  सनराइज बैंकको कार्ड बिना नै अब एटीएमबाट रकम झिक्न सकिन्छ।

याे सेवाअन्तर्गत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ्ग) प्रयोग गरेर कार्डलेस विदड्रअल अप्सनमा जानुपर्छ। त्यसपछि आफूले भुक्तानी गर्न चाहेको रकम हालेर सबमिट गर्नुपर्छ। यससँगै

ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटिपी कोड एसएमएसमार्फत आउनेछ। ओटिपी कोड प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सकिने बैंकले बताएको छ। ओटिपी कोड गोप्य र सुरक्षित राख्न अति आवश्यक छ। यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १ सय ६१ वटा एटीएममार्फत लिन सक्नेछन्।

बुधबार ६ साउन २०७८ ०३:५४ PM मा प्रकाशित

प्रतिक्रिया