×

वाणिज्य बैंकको आधारदर बढ्यो, कुनको कति ? 

images

काठमाडौं । माघदेखि लागु हुने गरी २७ वटै वााणिज्य बैंकहरुले आधार दर बढाएका छन् । आधारदरमा भएको वृद्धिसँगै कर्जाको ब्याजदर २ प्रतिशत विन्दुसम्म बढेको छ । बैंकहरुको निक्षेप लागत बढेकाले आधारदर बढन गएको हो ।

गएको असोजमा बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए । स्थिर ब्याजदरमार्फत कर्जा लिएका ऋणीलाई बढेको आधारदरले असर गर्नेछैन । तर, परिवर्तनशिल ब्याजदरमा कर्जा लिएका ऋणीको भने ब्याजदर बढेको छ ।  

आधारदर भनेको बैंकको सन्दर्भ ब्याजदर हो भने आधारदरमा बैंकहरुले कर्जा प्रवाह गर्दैनन् । आधारदरमा बैंकहरुले कर्जाको जोखिम निर्धारण गरी प्रिमियम जोडेर ऋणको ब्याजदर निर्धारण गर्दछन् । कर्जा जोखिमको प्रकृतिअनुसार वाणिज्य बैंकहरुले २ देखि ७ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् ।

निक्षेप लागत, अनिवार्य नगद मौज्दात लागत, वैधानिक तरलता लागत र सञ्चालन लागतका आधारमा बैंकको आधारदर निर्धारण गरिन्छ ।  एनआईसी एसिया बैंकको पुस मसान्तसम्ममा आधारदर सबैभन्दा धेरै ९.५४ प्रतिशत कायम भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २७.५४ प्रतिशत र गत आवको सोही अवधिमा भन्दा करिब ३९ प्रतिशतले एनआईसीको आधारदर बढेको छ ।

राष्ट्रिय बाणिज्य बैंक र स्टाण्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकको आधारदर सबैभन्दा कम छ । राष्ट्रिय बाणिज्य बैंकको ६.६० र स्टाण्डर्ड चार्टर्ड बैंक ६.८३ र नेपाल बैंकको ७.०८ रहेको छ । 

शुक्रबार​ ७ माघ २०७८ ०५:४६ PM मा प्रकाशित

प्रतिक्रिया