×

बढुवाको १९ महिनापछि सनराइज डिसिइओ राणाको नियुक्ति सच्याउन राष्ट्र बैंकको निर्देशन

images

काठमाडौं। नेपाल राष्ट्र बैंकले सनराइज बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) आरती राणाको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाएको छ। 

राणा डिसिइओ बनेको १९ महिनापछि केन्द्रीय बैंकले सनराइजलाई पत्राचार गरी उनको नियुक्ति विधि र प्रक्रियासम्मत नभएको भन्दै सच्याउनसमेत निर्देशन दिएको छ।

यही विषयमािथ गत साता सनराइज सञ्चालक समितिको बैठक पनि बसेको थियो। बैठकले यसबारे छलफल गरे पनि कुनै निर्णय गर्न नसकेको एक सञ्चालकले बताए।

सनराइज बैंक सञ्चालक समितिले  राणालाई २०७७ माघ अन्तिम साता डिसिइओमा  बढुवा गरेकाे थियाे ।

‘आरतीजीको नियुक्ति कर्मचारी विनियमावलीअनुसार नभएको र प्रक्रिया पनि नपुगेको भनेर राष्ट्र बैंकले पत्र पठाएपछि हामीले छलफल गर्यौं,’ ती सञ्चालकले क्यापिटल नेपालसँग भने, ‘बढुवा भइसकेकालाई कसरी घटुवा गर्ने भन्ने समस्या उत्पन्न भयो, त्यही भएर कुनै निर्णय गर्न सकिएन।’

गत महिना केन्द्रीय बैंकका अधिकारीहरू सनराइजको आन्तरिक लेखापरीक्षणमा आएका बेला राणाको नियुक्ति प्रक्रियाबारे बुझेका थिए। 

ती सञ्चालकका अनुसार डिसिइओ राणा हाल पारिवारिक भेटका लागि अमेरिकामा छिन्। 

मङ्गलबार ४ असोज २०७९ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया