बुधबार, साउन १३ २०७८ ११:१४ AM

×

साइबर सुरक्षाका लागि ई–कमर्स ग्यापुले पनि लियो बगभीको सेवा

images

काठमाडौं । ई–कमर्स कम्पनी ग्यापुले आजदेखि आफ्नो साइट सुरक्षाका लागि बगबाउन्टी प्रोग्राम सुरु गरेको छ । सुरक्षित सेवा प्रदान गर्ने उद्देश्यले ग्यापुले बगभीको प्लेटफर्ममा आफ्नो सुरक्षा प्रणालीलाई राखेको हो ।

ह्याकिङ तथा साइबर सुरक्षाको चौतर्फी रुपमा बढ्दो जोखिमबीच कम्पनीले आफ्ना सुरक्षा कमजोरीलाई पहिचान गर्न बगभीमा सिस्टम राखेको हो ।
साइबर सुरक्षा प्रतिविरलै चासो राख्ने ईकमर्श कम्पनीमाझ ग्यापुको यो कदमलाई नौलो अभ्यासको रुपमा प्रशंसा गरिएको छ ।

ग्यापुले आफ्नो साइटमा सुरक्षा कमजोरी पत्ता लगाउनका लागि ‘भल्नरेबिलिटी’ को प्रकृतिअनुसार हजार रुपैयाँदेखि  २० हजार रुपैयाँसम्मको पुरस्कार राशिको घोषणा गरेको छ ।

अघिल्लो वर्ष २०७७ को फागुन महिनामा फुड डेलिभरी ई–कमर्स कम्पनी फुडमाण्डुको वेबसाइट ह्याक हुँदा ५० हजारभन्दा धेरै ग्राहकहरुको विवरण बाहिरिएको थियो ।

सिनिकल टेक्नोलोजीले सार्वजनिक गरेको बगभीमा कम्पनीहरुले आफ्नो नेटवर्क तथा साइट सिस्टमलाई राख्न सक्छन् । यसरी सिस्टमलाई राखेपछि आफैंले निर्धारण गरेको पुरस्कार राशिमा साइबर सुरक्षा प्राप्त गर्न सक्छन् ।

यसरी बगभीको प्लेटफर्ममा राखिएका कम्पनीहरुको साइटमा देश तथा विदेशका साइबर सुरक्षा अनुसन्धानकर्ताहरु छिरेर अनुसन्धान गरी कमजोरी पत्ता लगाई ठूलो दुर्घटना हुनबाट जोगाउने सिनिकल टेकका संस्थापक नरेश लाम्गादे बताउँछन् ।
 

 

मङ्गलबार ५ साउन २०७८ ०४:३५ PM मा प्रकाशित

प्रतिक्रिया