बिहीबार, मंसिर १६ २०७८ १०:३४ PM

×
images

काठमाडौंमा नेपाल हस्तकला प्रदर्शनी सुरू (फाेटाेफिचर)

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित हस्तकला प्रदर्शनी  शुक्रबारदेखि आइतबारसम्म हयात रिजेन्सी होटल काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउँदै आएको हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले हस्तकला निकासी गर्दै विदेशी मुद्राको आय–आर्जनबाट मुलुकको आर्थिक घाटा न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

साे प्रदर्शनी मंसिर ५ गते आइतबारसम्म चल्ने मेलामा हस्तकलालगायत विभिन्न वस्तुका करिब १२० स्टल छन् । मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत विभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृत समेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए ।

शुक्रबार​ ३ मंसिर २०७८ ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया