बिहीबार, मंसिर १६ २०७८ ०९:५१ PM

×

कर्जा विस्तारमा बैंकहरु आक्रामक, ९७ अर्ब निक्षेप बढ्दा ऋण १२६ अर्ब 

images

काठमाडौं । बैंकहरुले असोजमा निक्षेप परिचालन भन्दा कर्जा प्रवाह बढी गरेका छन् । असोजमा बैंकहरुले कुल ९७ अर्ब ८४ करोड रुपैयाँ निक्षेप बढाएका छन् । भदौमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा असोजमा बढेर ४२ खर्ब ६८ अर्ब ६५ करोड रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जनाएको छ । 

असोजमा पनि बैंकहरु कर्जा विस्तारमा आक्रामक देखिएका छन् । असोजमा बैंकहरुले १ खर्ब २६ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भदौ ३१ गते बैंकहरुको कुल कर्जा प्रवाह ३८ खर्ब ७२ अर्ब रुपैयाँ रहेकोमा असोज ३१ गतेसम्म बढेर ३९ खर्ब ९८ अर्ब २२ करोड रुपैयाँ पुगेको संघले जनाएको छ । 

बैंकहरुले निक्षेप बढाउन ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्याएका छन् । अहिले बैंकहरुबीच निक्षेप खोसाखोस भइरहेको छ ।  असोजमा डलरमा निक्षेप ४ अर्ब ७७ करोड रुपैयाँ बढेको छ ।

असोजसम्म डलर निक्षेप १ खर्ब ५० अर्ब ७७ करोड रुपैयाँ छ । यस्तै डलरमा ऋण पनि ६ अर्ब ४० करोड रुपैयाँ बढेको संघले जानकारी दिएको छ । भदौ अन्तिममा १ खर्ब ४६ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर १ खर्ब ५० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी १ खर्ब ५० अर्ब रहेकोमा बढेर १ खर्ब ५६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । 


 

मङ्गलबार २ कात्तिक २०७८ ०६:०२ PM मा प्रकाशित

प्रतिक्रिया