बुधबार, साउन १३ २०७८ ०८:५६ AM

×

प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै

images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन तयारी गरेका छन्।
    
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।  

सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रवधानअनुसार विश्वासको मत लिन लागका हुन्। उनी गत असार २९ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

आइतबार​ ३ साउन २०७८ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया