बुधबार, साउन १३ २०७८ १०:१४ AM

×

भिजिट नेपालमा पूर्वाधार बढाउन लिएको ऋणमा कोभिड थपियो, मौद्रिक नीतिले सम्बोधन गरोस्

images

नेपाल राष्ट्र बैंकले केही समयभित्रै मौद्रिक नीति सार्वजनिक गर्दै छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका उद्योगी व्यवसायीले मौद्रिक नीतिलाई विशेष महत्वका साथ लिने गरेका छन् । बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकाहरुलाई विशेष गरेर राहतका प्याकेजहरू आउने आशामा छन् । त्यसैले पनि बजेटपछि अर्को महत्वका साथ मौद्रिक नीतिलाई व्यवसायीले लिने गरेका छन् । 

गत वर्षको मौद्रिक नीतिले व्यवसायीहरूलाई राहत दिलाएको थियो । यो पटकको मौद्रिक नीतिले पनि कोभिडबाट थला परेको व्यवसायीहरूलाई राहत पाउने आशा राखेका छन् । अब आउने मौद्रिक नीतिमा बैैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा कम्तीमा ५ वर्ष थप गरी पुनर्तालिकीकरण गरिदिनुपर्छ ।

योसँगै  राष्ट्र बैंकबाट पुनर्कर्जा प्रदान हुनुपर्छ । कोभिडले व्यवसाय नै ठप्प भएकाले २०७६ पुस मसान्तसम्मको सावाँ ब्याज नियमित भुक्तानी गरेका होटल व्यवसायीहरूले अल्पकालीन कर्जाको माग गरेमा आश्यकताअनुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाई न्यून ब्याजदरमा कर्जा प्रवाह गर्न ध्यान दिनुपर्छ । होटल व्यवसायीले लिएको कर्जालाई ब्याज वा सावाँलाई पुँजीकरण गरी बिना जरिवाना कम्तीमा भुक्तानीका लागि २ वर्षको समय थप गर्नुपर्छ ।

कोभिडले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन नै हो भने कोभिड सकिएपछि सबैभन्दा अन्तिममा रिकोभर हुने पनि यही क्षेत्र भएकोले यसलाई विशेष जोडका साथ हेरिनुपर्छ । धेरै जोखिमयुक्त क्षेत्र भएकाले सरकारले सामान्य नठानेर खोपको व्यवस्था गर्नुनै सबैभन्दा उत्तम रहने देखिन्छ ।

योसँगै  राष्ट्र बैंकबाट पुनर्कर्जा प्रदान हुनुपर्छ । कोभिडले व्यवसाय नै ठप्प भएकाले २०७६ पुस मसान्तसम्मको सावाँ ब्याज नियमित भुक्तानी गरेका होटल व्यवसायीहरूले अल्पकालीन कर्जाको माग गरेमा आश्यकताअनुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाई न्यून ब्याजदरमा कर्जा प्रवाह गर्न ध्यान दिनुपर्छ । होटल व्यवसायीले लिएको कर्जालाई ब्याज वा सावाँलाई पुँजीकरण गरी बिना जरिवाना कम्तीमा भुक्तानीका लागि २ वर्षको समय थप गर्नुपर्छ ।

योसँगै होटल क्षेत्रमा लगानी पनि अत्यधिक छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर निजी क्षेत्रले अर्बांै रुपैयाँ लगानी गरेर होटल र रेष्टुराँहरू बनाएका थिए । सबै व्यवसायीहरू उत्साहित भएका थिए । तर, एक्कासी फैलिएको कोभिड संक्रमणले सबै लगानीहरुलाई जोखिम बनाएको छ भने व्यवसायीहरूको खुसी लुटेको छ । 

लगानी बचाउन र व्यवसायीलाई टिकाउनका लागि राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले सबैको चेहेरा हसिलो बनाउन सक्ने छ भन्ने अपेक्षा पर्यटन क्षेत्रका व्यवसायीहरूले लिएका छन् ।

अहिलेकै अवस्थामा पर्यटन क्षेत्र पूर्णरूपमा चलायमान हुन अझै केही वर्ष लाग्ने देखिन्छ । विश्वभरि खोपको व्यवस्था भइरहेको र नेपालमा पनि त्यही रफ्तारले खोपको उपलब्ध हुन सक्यो भने २०२२ देखि पर्यटनमा केही आयामहरू आउन सक्छ कि भन्ने आंकलन गर्न सकिन्छ । र २०२३ देखि भने पूर्णरूपमा पर्यटन क्षेत्र चलमायन हुन्छ । तर, तेस्रो र चौथो भेरियण्टहरूले कस्तो किसिमको प्रभाव पार्छ र खोपको प्रभावकारिता कस्तो हुन्छ भन्नेमा भरपर्छ ।

पोखराका पर्यटन व्यवसायीहरूको मूल नारानै ‘नो भ्याक्सिन, नो टुरिजम‘ सञ्चालन गरिसकेको छ । निषेधाज्ञा खोलेर मात्र पर्यटन क्षेत्र उकास्न सकिँदैन । अहिलेसम्म २ प्रतिशत जनसंख्याले पनि खोप नलगाएको अवस्थामा पर्यटन क्षेत्रलाई खुला गर्ने भनेर मात्र हुँदैन । त्यस क्षेत्रसँग आश्रित सबैलाई खोपको व्यवस्था गरेर मात्र पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिन्छ ।

जबसम्म पर्यटनसँग सम्बन्धित सबै क्षेत्रमा खोपको व्यवस्था गरिँदैन तबसम्म विदेशी पर्यटकहरू नेपाल आउन सक्ने अवस्था देखिँदैन । त्यति मात्र होइन आन्तरिक पर्यटकहरूलाई नै स्वागत सत्कारका लागि खोप नभएसम्म डरमर्दो अवस्था छ । एकदेखि अर्को व्यक्ति डराउनुपर्ने स्थितिमा पर्यटन क्षेत्रलाई जोगाउन र चलायमान बनाउनका लागि खोपको सुनिश्चितता अनिवार्य छ । यस प्रतिसरकार र सरकारका निकायहरूले पहिलो प्राथमिकतामा राखेर अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक छ ।

अहिलेको अवस्थामा होटल सञ्चालन गरेर कर्मचारीबाटै अर्को कर्मचारी र त्यहाँबाट ग्राहकलाई समेत कोभिड सर्ने अवस्था आउन सक्छ । अर्कोतर्फ अहिले कोभिडको बिमा अवधी पनि सकिएको छ । यस्तो बेलामा जोखिम मोलेर होटल सञ्चालन गर्न सक्ने स्थिति देखिँदैन ।
जव पर्यटन क्षेत्रका सबैलाई खोप लगाई सकिन्छ त्यसपछि मात्र हामीले पर्यटकहरूलाई ‘अब आउनुस् हामी सुरक्षित भयौं’, तपाईंहरूलाई सुरक्षित साथ सेवा दिन सक्छौं भनेर प्रचार–प्रसार गर्नतर्फ लाग्छौं ।

पोखराका पर्यटन व्यवसायीहरूको मूल नारानै ‘नो भ्याक्सिन, नो टुरिजम‘ सञ्चालन गरिसकेको छ । निषेधाज्ञा खोलेर मात्र पर्यटन क्षेत्र उकास्न सकिँदैन । अहिलेसम्म २ प्रतिशत जनसंख्याले पनि खोप नलगाएको अवस्थामा पर्यटन क्षेत्रलाई खुला गर्ने भनेर मात्र हुँदैन । त्यस क्षेत्रसँग आश्रित सबैलाई खोपको व्यवस्था गरेर मात्र पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिन्छ ।

अहिले थाइल्याण्डको फुकेतमा कोभिडविरुद्धको खोप लगाएका पर्यटकहरूलाई आउन खुला गरिसकेको छ । त्यहाँ विश्वभरका पर्यटकहरू जान पाउँछन् र क्वारेन्टाइनमा बस्नुपर्दैन । मेडिकल प्रोटोकल अपनाएर निर्वाध रुपमा त्यहाँ घुम्न पाइने भएको छ । त्यसका लागि थाइल्याण्ड सरकारले त्यहाँका होटल तथा रेष्टुराँका सबैलाई खोप लगाइसकेका छन् । सबैलाई खोप लगाएको हुनाले घुम्न जानेहरू पनि सुरक्षित र सेवा दिनेहरूले पनि सुरक्षित महसुस गर्न पाउनेछन् । त्यसैले नेपालले पनि पर्यटन क्षेत्रलाई खोपको विशेष प्राथमिकतामा राख्नुपर्छ ।

अब के हुन्छ ?

विदेशी पर्यटकहरूलाई २०२१ मा ल्याउनलाई सक्ने अवस्था छैन । केही सीमित मात्रामा आए पनि हामीले सोचेअनुसारका पर्यटकहरू आउने छैनन् । हिमाल आरोहण गर्नबाहेक अरुमा नआउने भएकाले अब २०२२ लाई आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ । 

यहाँको पर्यटन क्षेत्रमा ६५ प्रतिशत आन्तरिक पर्यटकले धानेको थियो । दोस्रो चरणको कोभिड संक्रमण फैलनु अघि अर्थात २ महिनाअघि पनि आन्तरिक पर्यटन बुम भएको थियो । पोखरा लगाएत अन्य पर्यटकीय क्षेत्रहरू भरिभराउ भएका थिए । त्यसैले अब विदेशी पर्यटकहरूसँगै आन्तरिक पर्यटकहरूलाई पनि प्राथमिकतामा राखेर त्यही अनुसारका प्याकेजहरू ल्याउनुपर्छ ।

 माटो सुहाउँदो प्याकेज ल्याएर बढीभन्दा बढी आन्तरिक पर्यटकहरूलाई घुम्न प्रोत्साहन गर्न सक्यो भने समस्यामा परेको पर्यटन क्षेत्र केही वर्ष भित्रनै पुरानै लयमा फर्किन सक्छ ।

विदेशी मुलुकहरूमा पनि बाह्य मुलुकमा घुम्न जानुभन्दा आफ्नै क्षेत्रमा घुम्न रुचाउन थालेका छन् । बाहिरी मुलुकमा जाँदा विभिन्न विमानस्थलमा ट्रान्जिट बस्दा अपनाउनु पर्ने स्वास्थ्य मापदण्डहरूको झन्झट बेहोर्नुभन्दा उनीहरू आफ्नै मुलुकभित्र घुम्न निस्कन थालेका छन् । त्यसैले नेपालमा पनि अवको केही वर्ष आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक छ । 
पलायन हुँदै व्यवसायी र जनशक्ति 

कोभिड महामारीको कारण नेपालभर करिब २५ प्रतिशत व्यवसायीहरूले आफ्नो पेशा छोडिसकेका छन् । व्यवसाय टिकाउन नसकेकै कारण उनीहरू पलायन भएका हुन् । जुन पर्यटन क्षेत्रका लागि ठूलो नोक्सानी हो । विषेश गरेर संरचना भाडामा लिएर सञ्चालन गरेकाहरूले आफ्नो पेशा नै छोडेका छन् । 
व्यवसायीहरू मात्र होइन, पर्यटन क्षेत्रमा आवश्यक जनशक्तिहरूसमेत पलायन हँुदै गएको छ । दुई वर्षदेखि व्यवसाय सञ्चालन नहुँदा बेरोजगार भएको र रोजगारीका लागि पेसानै परिवर्तन गरेका छन् । वर्षौ लगाएर तयार पारिएको जनशक्तिहरू पलायन हुँदा भविष्यमा गएर पर्यटन क्षेत्रमा दक्ष जनशक्ति पाउन समेत मुस्किल हुने देखिन्छ । उनीहरूमध्ये कतिले आफ्नै पेशा व्यवसाय सुरु गरेका छन् भने कतिले नयाँ काममा लागि सकेका छन् ।

कोभिडले डिजिटल पेमेन्टको बाढी ल्यायो

नेपालमा डिजिटल पेमेन्टको सिस्टम बस्न अझै १० देखि १२ वर्षसम्म लाग्ने अनुमान यसअघि विज्ञहरूले गर्दै आएका थिए । विदेशमा अनिवार्य जस्तै बनेको डिजिटल पेमेन्ट नेपालमा पनि अहिले अनिवार्य नै बनिसकेको छ । १० वर्ष लाग्छ नेपालमा पूर्णरूपमा लागू हुन भनि गरिएको अनुमान दुई वर्षमै बुम भएको छ ।

अहिले अधिकाशं होटल, रेष्टुराँ क्षेत्रमा डिजिटल पेमेन्ट सुरु भएको छ । यसरी हेर्दा कोभिडले डिजिटल पेमेन्टमा बाढी नै ल्याएको भन्न सकिन्छ । जसले जोखिम न्यूनीकरणमा समेत ठूलो टेवा पुग्छ ।डिजिटल पेमेन्टसँगै अनलाईन ट्राभल एजेन्सीहरू पनि सक्रिय भएर आइरहेको छ । 
 

आइतबार​ ३ साउन २०७८ ०४:०९ PM मा प्रकाशित

प्रतिक्रिया