बुधबार, साउन १३ २०७८ ०९:२६ AM

×

भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई

images

काठमाडौं । प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न साथ छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले  प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए । तर प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन् ।

आइतबार​ ३ साउन २०७८ ११:०२ PM मा प्रकाशित

प्रतिक्रिया