×

नेपाल फाईनान्स २९ औं वर्षमा, १० वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह 

images

काठमाडौं । नेपालको सबैभन्दा पुरानो नेपाल फाईनान्स २९ औं वर्षमा प्रवेश गरेको छ । नीजि क्षेत्रको पहिलो फाईनान्सको रुपमा सञ्चालित नेपाल फाईनान्सले हाल १० वटा शाखा कार्यालय र काठमाण्डौको कालीमाटी र कान्तिपथ एक्सेन्टेन्सन काउण्टर मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

२००४९ सालमा स्थापना भएको  फाईनान्सको साधारणसभाले आगामी ४ बर्षका लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ (एक) जना संचालक निर्विरोध निर्वाचित गरेको छ ।

संस्थापक समूहबाट निर्वाचित संचालकहरुमा हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य र सर्वसाधारणको तर्फबाट संचालक लक्ष्मी महर्जन निर्वाचित भएका छन् । 

सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने र गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

फाईनान्सले मोवाइल बैकिङ्ग, कनेक्ट आईपीएस, आईपीएस, आरटीजीएस, एटीएम, कर्पोरेट पे आदिबाट आफ्ना सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

संस्थाका संचालक समितिका अध्यक्ष हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तब्य राखेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हालसम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पारेका थिए । 

 

सोमबार ५ बैशाख २०७९ १०:२७ PM मा प्रकाशित

प्रतिक्रिया