×

क्यापिटल बिजनेस म्यागजिन र क्यापिटल नेपाल डटकमको समूह कार्यकारी सम्पादकमा सुशील भट्टराई

images

काठमाडौं। बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित क्यापिटल बिजनेस म्यागजिन र क्यापिटल नेपाल डटकमको समूह कार्यकारी सम्पादकमा वरिष्ठ आर्थिक पत्रकार सुशील भट्टराई नियुक्त भएका छन्। 

लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय भट्टराईलाई व्यवस्थापनले बुधबारबाट समूह कार्यकारी सम्पादक नियुक्त गरेको हो । दुई दशकदेखि  निरन्तर आर्थिक पत्रकारितामा सक्रिय भट्टराईको पर्यटन, नागरिक उड्डयन, कर्पोरेटलगायत क्षेत्रमा दख्खल छ। 

भट्टराईले नेपाल समाचारपत्र, दैनिकी डटकम, नागरिक दैनिक, बाह्रखरी डटकममा काम गरेका थिए । उनले नेपाल न्युज डटकम र आयोमेल डटकमको सम्पादकीय नेतृत्व लिइसकेका छन्। 
 

बुधबार १ भदौ २०७९ १०:४६ AM मा प्रकाशित

प्रतिक्रिया