×

पेट्राेलियम पदार्थकाे मूल्य बढेसँगै यातायातकाे भाडा वृद्धि

images

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ। 

विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहकतर्फ ३.५ प्रतिशत भाडा बढाएको हो। त्यस्तै पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो। 

नेपाल आयल निगमले चुनावको भोलिपल्टै अर्थात वैशाख ३१ गते इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको थियो। विभागले केही समयअघि इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। 

समायोजन भएको भाडा राष्ट्रियस्तरका रुटमा जेठ ४ अर्थात भोलिदेखि नै लागू हुनेछ। 

मङ्गलबार ३ जेठ २०७९ ०५:४१ PM मा प्रकाशित

प्रतिक्रिया