×

नेप्सेमा थपियो ६४ लाख कित्ता बोनस सेयर 

images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा ६४ लाख कित्ता बोनस सेयर थपिएको छ ।  यस दिन नेप्सेमा नेसनल लाइफ इन्स्योरेन्सको ६४ लाख ४२ हजार ६ सय ८९ बोनस सेयर थपिएको हो । 

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १९ प्रतिशत बोनस वितरण पश्चातको सेयर नेप्सेमा सूचीकृत गरेको हो ।  

सूचीकृत सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
 

मङ्गलबार ३ जेठ २०७९ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया