×

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान सुरु, जजिराले गर्यो उडान

images

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरले पहिलो व्यावसायिक उडान सुरु गरेको छ । बुद्ध जयन्तीको अवसर पारेर जजिराले व्यावसायिक उडान सुरु गरेको हो ।

अलजजिरा एयरले भैरहवाबाट सीधा कुवेतमा उडान गर्ने छ । उसले सार्वजनिक गरेको तालिका अनुसारआगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने छ ।

भैरहवादेखि कुवेत र कुवेतदेखि भैरहवा गरी साताको तीन उडान आइतबार, मंगलबार, बिहीबार कुवेतबाट भैरहवा आउनेछ । त्यस्तै सोमबार, बुधबार र शुक्रबार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानी)को पहिलो जहाज  बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ ।

सोमबार २ जेठ २०७९ ०७:३७ AM मा प्रकाशित

प्रतिक्रिया