×

अटम अफरलाई बदलेर नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् थपिएका सुविधा 

images

काठमाडौं । नेपाल टेलिकमले अटम अफरलाई ग्राहकको रुचिअनुसार परिस्कृत गरेर विन्टर अफर २०७८ सार्वजनिक गरेको छ । 

अफरअन्तर्गत कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेजसमेत उपलब्ध गराउने भएको छ । 

पहिले २८ दिनका लागि ५ सय ९९ मा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५ सय ९९” मात्र उपलब्ध भइरहेकोमा अब “सजिलो अनलिमिटेड प्रिपेड ७ सय ९९”, “सजिलो अनलिमिटेड प्रिपेड ९ सय ९९” र “सजिलो अनलिमिटेड प्रिपेड १४ सय ९९” प्याक समेत उपलब्ध हुने भएको छ । 

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराउने कम्पनीले बताएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता हो । 

सस्तो प्रिपेड कम्बो प्याकमा समेट टेलिकमले थप सुविधा उपलब्ध गराउने बताएको छ । यसअन्तर्गत २ सय ९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटासमेत चलाउन सकिनेछ । 

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ । पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराउने कम्पनीले बताएको छ । 

यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई कम्पनीले निरन्तरता दिनेछ । अफर प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्यासमा डायल गर्नुपर्नेछ । 
 

आइतबार​ २ माघ २०७८ ०५:३१ PM मा प्रकाशित

प्रतिक्रिया