मङ्गलबार, असोज १२ २०७८ ०४:०७ PM

×

पथरी उद्योग वाणिज्य संघको अध्यक्षमा तामाङ विजयी

images

विराटनगर । मोरङको पथरी उद्योग वाणिज्य संघमा संयुक्त गठबन्धनका उम्मेदवार धनकुमार तामाङ विजयी भएका छन् । संस्थापन पक्षका उम्मेदवार दिपक बस्नेतलाई ५२ मतको अन्तरले पछि पार्दै तामाङ निर्वाचित भएका हुन् ।

खसेको  १४ सय ५८ मतमध्ये तामाङले ७ सय ३८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी बस्नेतले ६ सय ६८ मत प्राप्त गरेका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा भने संस्थापन पक्षका यादव दुलाल निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा संस्थापन पक्षकै आशा राईले विजय प्राप्त गरेकी छिन् । 

महासचिव पदमा भने संयुक्त गठबन्धनका राजेन्द्र बस्नेतले विजयी भएका छन् । त्यसैगरी वाणिज्य सचिवमा संस्थापन पक्षका  ईश्वरी सापकोटा विजयी भएका छन् । उद्योग सचिवमा संयुक्त गठबन्धनका प्रेमप्रसाद सुवेदी विजयी भएका छन् ।

कोषाध्यक्ष पदमा बिजयजंग बस्नेतले विजयी भएका छन् । त्यस्तै खुल्ला सदस्यहरुमा निलम बस्नेत, तुलसी लुनिया, इन्द्रबहादुर राई, हरिराज प्याकुरेल विजयी भएका छन् । बिजयी हुने सदस्यहरु लुनिया र राई संयुक्त गठबन्धनका हुन भने बस्नेत र प्याकुरेल संस्थापन पक्षका हुन् । 

महिला सदस्यहरुमा देवी राई संस्थापन पक्षबाट र जुनी थपलिया साझा प्यानलबाट बिजयी भएका छन् ।  सोमबार भएको संघको निर्माचनमा लेखा संयोजकमा ७ सय २५ मतसहित संस्थापन पक्षबाट कृष्णप्रसाद भट्टराई निर्वाचित भएका छन् । 
 

बुधबार ३० भदौ २०७८ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया